८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीमा प्रहरी र डाकाबीच भएको दोहोर भिडन्त भएको छ । मध्यराति करिब १२ः०५ बजे एरोटेक प्रा.लिमा दोहरो भिडन्त भएको हो । 

Advertisement

बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीमा रहेको एरोटेक प्रा.लि. सिलिन्टर कम्पनीमा डाकाहरुको समुहले लुटपाट गरिरहेको सूचना पाएलगतै घटना स्थलमा प्रहरी पुगेको थियो । करिब २० जनाको समुहमा आएका डाकाहरुले उद्योग भित्र लुटपाट गरिरहेका बेला प्रहरी र डाकाबीच दोहोर भिडन्त भएको हो । दोहोर भिडन्तमा डाकाले एक राउन्ड र प्रहरीले तीन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । डाकाले चार राउन्ट फायर गरे पनि ३ राउन्ट नपड्केको र एक राउन्ट पड्केको थियो ।

प्रहरीले दोहोरो भिडन्तको क्रममा कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थानसहित २ जना डाकालाई पक्राउ गरेको छ । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरा बस्ने जयराम पासवान र वडा नम्बर १० बलुवाबेहरा बस्ने जवाहिर महतोलाई पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए । दोहोरो भिडन्तको क्रममा वरिष्ठ प्रहरी नायव निरिक्षक (सई) कलाम शाही घाइते भएका छन् । डाका पक्रने क्रममा डाकाले प्रहार गरेको रडबाट शाही घाइते भएका हुन् । 

घाइते वरिष्ट प्रहरी नायव निरिक्षक शाहीको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यता दोहरो भिडन्तमा घाइते एक जना डाकाको अलपाइन अस्पताल सिमरामा उपचार भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर