८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले दलहरुले एमालेसँग एक्लै लड्न नसक्ने कुरालाई सार्वजनिक रुपमै स्वीकार गरेर वैशाखीको रुपमा गठबन्धन गरेको बताएका छन् । एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट नभएको दाबी गर्दै उनले आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको बताए । उनले गठबन्धनको वैशाखी टेकेर एमालेसँग प्रतिष्पर्धा गर्न खोजेको बताउँदै त्यो पनि असफल हुने बताए ।

Advertisement

प्रेस चौतारी नेपाल, रूपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले गठबन्धनको वैशाखी पनि संकटतर्फ धकेलिएको बताए । ‘हामीसँग चुनावी प्रष्तिपर्धा गर्न कसैको पनि आँट छैन’, पौडेलले भने, ‘गठबन्धनको सिनारिया’ हेर्दा समस्यामा छ । एमाले एक्लै चुनाव लड्छ । निर्वाचनपछि एमाले एक्लै सरकार बनाउन पुग्नेछ । त्यसको लागि सबै लाग्नुपर्ने अवस्था आएको छ ।’ उनले स्थानीय तह निर्वाचनमा एमाले एक्लै लड्दा पनि धेरै जित निकालेको बताए । उनले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन भातृसंगठनहरूलाई आग्रह समेत गरे । निर्वाचन सम्मुखमै आइसकेको बताउँदै पौडेलले एमालेका लागि अनुकूल नतिजा आउने गरी परिणाम निस्कने गरी आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे ।

बुटवलमा निर्माणाधीन तिनाउँ दानव करिडोर प्रभावितको उचित व्यवस्थापन गरिने भन्दै त्यसप्रति कसैले भ्रम सिर्जना नगर्न आग्रह गरे । करिडोरमा पर्ने घरपरिवारलाई उनीहरूको इच्छाअनुसार चित्तबुझ्दो स्थानमा स्थानान्तर गर्ने बताउँदै पौडेलले सबैलाई ढुक्क हुन आग्रह गरे । एमाले काम गर्ने पार्टी भए पनि प्रचार गर्न नजान्दा त्यसको फाइदा विपक्षीले लिइरहेको उनको भनाइ थियो । उनले भने, ‘देशमा १६५ निर्वाचन क्षेत्रमध्ये रूपन्देही–२ विकासका हिसाबले सबैभन्दा अग्रभागमा छ । तर, हामीले ‘पोजेटिभ रेस्पोन्स’ पाउन सकिएको छैनौँ । हामीले अब प्रचारमा पनि बढी ध्यान दिनुपर्ने अवस्थामा आएका छ ।’ एमालेले गरेका कामको जनतालाई सरल तरिकाले बुझाउन जरूरी रहेको नेता पौडेलले बताए ।

एसपीपीमा एमालेको विरोधकै कारण सरकार पछि हट्न बाध्य भएको पौडेलले बताए । एमसीसी एमालेको विरोधकाबीच कांग्रेस माओवादीले पास गरेको उनको भनाइ थियो । ‘नागरिकता विधयेक एमालेको विरोधकाबीच संसदबाट पास भयो’, उपाध्यक्ष पौडेलले भने, ‘तर यसको जस एमालेले होइन गठबन्धनले लिइहेको छ । हामीले सहज रूपमा बुझाउन सकेका छैनौँ ।’

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर