Oct 2, 2023
बुटवल । स्वः अपुर्व श्रेष्ठको स्मृतिमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समिति र फ्रिडम गायजको संयुक्त बृहत रक्तदान कार्यक्रममा १०८ जनाले रक्तदान गरेका नेपाल नियमित रक्तदाता संघबाट कार्यक्रम संयोजक प्रेम सुनारले बताए।
कार्यक्रम नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समितिका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता, बुटवल उपमहानगर पालिका वडा न.७ का अध्यक्ष पदम राज गाहाको प्रमुख आतिथ्यता,बुटवल हिलपार्क परिषदका महासचिव टंक पराजुलीको विशिष्ट आतिथ्यता,नेपाल नियमित रक्तदाता संघ केन्द्रिय आर्थिक सल्लाहकार आनन्द भट्टराई क्षेत्री, सल्लाहकार लेखनाथ न्यौपाने उपाध्यक्ष लेखनाथ भण्डारी लगाएतको आतिथ्यतामा भएको हो ।
शनिबार बुटवलस्थित हिलपार्कमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष सिलावालले कोरोना र डेंगू संक्रमणको समयमा रगतको आवश्यकता बढ्दो रहेको बताउँदै रगत नपाएर ज्यान गुमाउने अवस्था आउन नदिन वृहत रक्तदान कार्यक्रम गरेको बताए ।
वृहत रक्तदान कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समितिका सदस्यज्युहरु राजेश गैरे, मन्जु गिरी, बिष्णु भण्डारी,अशेस सिलवाल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम संघका उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत र मञ्जु गिरीको सञ्चालनमा भएको फ्रिडम गायजबाट रक्तदान कार्यक्रमका संयोजक प्रकाश क्षेत्रीले बताए ।
संघले हरेक महिनाको तेस्रो शनिबार नियमित रक्तदान गर्दै आएको र कुनै महिना फ्रिडम गायजसँ सहकार्य पनि गर्दै आएको केन्द्रिय सदस्य प्रेम बहादुर सुनारले बताए ।
प्रतिकृया दिनुहोस्