Sep 23, 2023
बुटवल । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटिले मुटुका विरामीलाई आर्थिक सहयोग गरेको छ । कपिलवस्तु बाणगंगा नगरपालिका-८ मधुवनका पुर्ण बहादुर भाट क्षेत्रीलाई जिफन्ट लुम्बिनी प्रदेश कमिटिले आर्थिक सहयोग गरेको हो ।
भाटले जिफन्ट आवद्ध घटक युनियन कृषि मज्दुर संघ (फापुन) मा रहेर विभिन्न जिम्मेवारी पूरा गरेका थिए । मुटुको समस्याबाट लामो समयसम्म ग्रसित भाटलाई उपचारमा सहयोग होस भन्ने उद्देश्यले जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष कमल गौतम, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हुमकान्त काफ्ले, सचीव सन्तोस के.सी, प्रभा पौडेल, कर्ण लामा, दिल कुमारी भण्डारी, गणेश राना लगायतको टोलीले भाटकी श्रीमती सिता वि.सी लाई ३० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै जिफन्ट राष्ट्रिय कमिटि उपाध्यक्ष कमल गौतमले संस्थाको सानो सहयोगले अन्य सहयोगीहरुलाई रकम प्रदान गर्न हौसल्ला मिल्ने बताउँदै भाटको सिघ्र स्वास्थ्य लाभको कामना गरे ।
जिफन्ट लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हुमकान्त काफ्लेले मुटुका रोगी भाटले युनियन कृषि मजदुर संघ (फापुन)मा गरेको कार्यको सम्झना गर्दै स्वास्थ्यलाभको कामना गरे । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जिफन्ट लुम्बिनी प्रदेश कमिटि सचिव सन्तोष के.सीको सञ्चालनमा भएको थियो ।
प्रतिकृया दिनुहोस्