६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

काठमाडौं ।  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज ८८ जना विद्यार्थी चालकलाई कारवाही गरेको छ । 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २१ जना र तीव्र गतिमा जिगज्याग तवरले सवारी साधन चलाउने चार जना विद्यार्थी चालकहरु कारवाहीमा परेका हुन् । नम्बर प्लेट दुरूस्त नभएको सवारी साधन चलाउने चार जना, मोटरसाइकलमा तीन जना राखी चलाउने दुई जना र हेल्मेट नलगाएका एक जना चालकलाई पनि आजै कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन् ।

साउन ३० गतेबाट शुरू भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म ६७९ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य