१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

बुटवल । नेकपा एकिकृत समाजवादीले गठबन्धनमा रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. २ लाई बटमलाईन बनाउने निर्णय गरेको छ । नेकपा एकिकृत समाजवादी रुपन्देहीको विहिबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर र प्रदेशसभा तर्फ ३ वटा निर्वाचन क्षेत्र दावी गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।

Advertisement

केन्द्रीय राजनीतिमा भएको सहमतीलाई रुपन्देहीमा पूर्ण रुपमा कार्यान्वयन गर्ने समेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए । बैठकले निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई जिताउने गरि लाग्ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरि निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ । यसअघि रुपन्देहीका प्रतिनिधिसभाका ५ र प्रदेशसभातर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरु सिफारिश गरिसकेको छ ।

रुपन्देही निर्वाचन क्षेत्र न. २ मा पार्टीका केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिश गरिसकेको छ । बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरुङले आफुहरुले स्वभाविक दावी गरेको बताउँदै गठबन्धनबाट आफू नै उम्मेद्वार हुने बताए । उनले आफूहरुले मात्रै बुटवलबासी र रुपन्देहीका जनताको भावनाको सम्बोधन गर्न सक्ने भन्दै निर्वाचनमा खटिन समेत कार्यकर्तालाई आग्रह गरे । संविधान, लोकतन्त्र र गणतन्त्रमाथी अझै खतरा देखिएकाले गठबन्धनबाट आफूहरु चुनावी मैदानमा आउन लागेको बताउँदै काँग्रेस इमान्दार नभए एक्लै पनि चुनाव लड्न तागत एकिकृत समाजवादीले राख्ने जिकिर गरे ।

बैठकमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मंसिर ४ को चुनाव परिवर्तनकारी र संविधान मास्नेका विरुद्धमा भएको बताए । त्यस्तै बैठकमा पार्टीका केन्द्रीय सदस्य उमा काफ्ले, अर्का केन्द्रीय सदस्य भगवती घिमिरे, प्रदेश कमिटिका पदाधिकारी र सदस्य तथा जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको जिल्ला सचिव सरिता श्रीसले बताईन । बैठकले निर्वाचन क्षेत्र अनुसार चुनावी रणनीति र जनताको विचमा पुग्ने कार्यक्रम लिएर जाने निर्णय भएको जिल्ला उपाध्यक्ष श्रीराम यादवले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली