७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीको बाईपास चोकदेखी मन्झरियासम्मको सडक स्तरोन्नती गर्ने कार्य शुरु भएको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भए पश्चात तत्कालै काम शुरु गरेको हो । सडकको अवस्थामा सम्बन्धि प्राविधिकहरुले बुधवार रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादव र सम्बन्धित वार्डका वार्ड अध्यक्ष रामवृक्ष यादव सहित स्थलगत गरि सडक स्तरोन्नतीबारे जानकारी आदान प्रदान गरेका थिए ।

Advertisement

भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखी परासीको रामग्राम चोकसम्मको सडक स्तरोन्नती गरि ६ लैन बन्ने भए पछि यस क्षेत्रका ब्यवसायि उत्साही छन् । रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादवको पहलमा परासी बजारलाई सौन्दरीकरण अभियानसँगै ब्यवस्थित गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सोही क्रममा सडक डिभिजन कार्यालयले बाजर भित्रै पर्ने सो मार्गको पनि स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको काम बेलामै सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको छ ।

सम्झौतामा दिईको म्याद भित्रै काम सकिने गरि लक्ष्य राखिएको निर्माण कम्पनीका सञ्चालक श्याम शर्माले बताए । काम म्याद भित्रै सक्छौ, उनले भने, यसमा स्थानिय तहका जनप्रतिनिधि र स्थानियबासीले पनि सहजीकरण गर्नु पर्छ ।
अहिले सडकको स्तरोन्नतीसँगै ढल निकास समेत बन्ने छ । सडक र ढलनिर्माण पछि जलनिकास समेत हुने भएकोले यस क्षेत्रका बासिन्दा उत्साही छन् । डिभाईडर सहितको ६ लैनको सडक, ढल, फुटपाथ, र्यालिगँ सहितको ११ सय मिटर सडक निर्माण हुनेछ । सडकको बिचबाट ५०÷५० फिट गरि कुल १०० फिट चौडाईमा सबै ब्यवस्थित हुने गरि अयोजनाले काम गर्नेछ । १० करोडको लागतमा ति सडक, ढलको पुर्वाधार बन्नेछ । सडकको ठेक्का समिर कन्ट्रक्सनले लिएको र २३ प्रतिसत घटेर ठेक्का भएको छ ।

बचेको उक्त रकम पनि यसै क्षेत्रमा लगानी हुने भएकोले थप काम पनि हुनेछ । सडकसँगै तत्कालिन जिविसले निर्माण गरेको रामखण्डा खोलाको पुल भत्काएर पुनःनिर्माणका लागि छुट्टै ५ करोडको लागतमा बन्ने छ । त्यसका लागि टेण्डर प्रकृयामा रहेको मेयर यादवले जनाए । छिट्टै पुलको टेण्डर प्रकृया सकाएर पुलको पनि संगै काम हुनेमा आफु विश्वस्त रहेको उनले सुनाए । बन्दरगाह मार्गको भाग भए पनि यहिँबाट महेशपुर सिमानाका,रामग्राम स्तुपा,त्रिवेणीधाम,अनोमाघाट धाम जाने सडकको भाग पनि ह ।

सडक स्तरोन्नतीले घोडपाली,ड्राईभरटोल, जितपुरको सुन्दरटोल अन्तरगतको बस्तिको पनि जलनिकास यसै सडकमा जोडिने भएको हुँदा त्यसको पनि पानीको निकास यसै ढलमा जोडिने छ । ढलनिकासको उचित ब्यवस्थापन गर्न सकिए मात्र बजार सुन्दर देखिने मान्यतालाई आधार बनाएर आफुले पहिलो प्राथमिकतामा राखेर सडक डिभिजनसँग पहल गरेको बताए । पहल गरिए पछि सडक डिभिजन कार्यालयले महत्वका साथ काम गरिदिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल