७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाले गरेकाे रासायनिक मल डिपो खारेजकाे निर्णयलाई अदालतले गलत ठहर गरेकाे छ । उच्च अदालत जनकपुरले मंगलवार मल डिपो खारेज गर्ने भनिएको निर्णय अनुदान मल बितरणसमबन्धी ब्यवस्थापन ०७७ विपरित भएको ठहर गर्दै निवेदकको पक्षमा फैसला सुनाएको हो ।

Advertisement

आव ०७७/७८ मा तत्कालिन स्थानीय सरकारले  नियुक्त गरेका वितरकहरूलाई खारेज गर्ने निर्णय गर्दै मल बिक्रेताको लागि पुन: निवेदन दिन नगरले ३० साउनमा सूचना निकालेको थियो ।  यसअघि पनि २९ साउनमा कार्यापालिकाको निर्णय र ३० साउनमा वितरकहरूको लागि निकालिएको सूचना यथावत राख्न अदालतले अन्तरिम आदेश जारी गरेको थियो । निवेदकको तर्फवाट अधिवक्ता मुकेश कार्की र नगरपालिकाको तर्फबाट अशिवक्ताद्वय टीकाध्वज खड्का र किशोरी साहको बहस सुनिसकेपछि उच्चअदालतले पुराना मल वितरक कै पक्षमा फैसला सुनाएको हो ।

अनुदान मल वितरकहरूलाई खारेज गर्न गरिएको उक्त सिफारिस मल बितरण व्यवस्थापन निर्देशिका ०७७ को दफा २०(३) विपरित भएको अदालतको निष्कर्ष छ ।न्यायाधीशद्वय भोजराज अधिकारी र डालकुमार खड्काको सयुक्त इजलासले पुराना मल वितरक कै पक्षमा फैसला सुनाएपछि किसानले तत्कालै मल पाउने विश्वास लिएको छ ।

अदालतले गरेको फैसलासँगै नगरका केही वडाले आज नै किसानलाई मलको लागि वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेकाे छ । वडा नम्वर १ का अध्यक्ष भोला खड्काले मल वितरण ढिला भएको स्वीकार गर्दै तुरुन्त मलका लागि वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् । अघिल्लो स्थानीय सरकारले नगरका  १४ वटै वडामा मल बितरण गर्न स्थानीय कृषि सहकारीहरूलाई प्रक्रियाअनुसार जिम्मा दिएको थियो ।तर, नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले अघिल्लो स्थानिय सरकारले नियुक्त गरेका सहकारी डिपोहरूलाई खारेज गर्ने निर्णय गर्दै पुनः नयाँ प्रक्रियामा आउन सूचना निकालेर आह्वान गरेका थिए ।

अदालतमा रिट हालेका बितरकले अदालतको फैसलासँगै पुन: मल नियमित ढङ्गले बितरण गर्ने ढोका खुलेकाे छ । `सम्मानित अदालतले नगरले गरेको निर्णय गलत र पुर्वाग्राही थियो भन्ने प्रमाणित गरेको छ,´ बितरक रामजतन महतोले भने । महतोले नै मल वितरकहरूको प्रतिनिधित्व गर्दै अदालतमा रिट हालेका थिए । 

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल