ताजा अपडेट »

महाअभियोग सिफारिस समिति बैठकः निलम्बित प्रधानन्यायधिस राणासँग बयान लिइँदै

बुधबार, १५ भदौ २०७९, ०७ : ३४
10 Shares
बुधबार, १५ भदौ २०७९
10 Shares

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधिस राणासँग बयान लिन लागेको हो ।

नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधिसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।