७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाडौँ । पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा हात्ती संरक्षण र समग्र प्रकृति संरक्षणमा चासो राख्नेहरुका लागि खुशीको खबर छ । आइतबार एकै दिन दुई वटा हात्तीले एकरएक बच्चा जन्माएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली नाम गरेको हात्तीले भाले र चितवन राष्ट्रिय निकुञ्जमा रहेको लोकतन्त्र कली नामक हात्तीले पोथी बच्चालाई जन्म दिएका हुन् । हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ । दुबै आमा र दुबै बच्चाको स्वास्थ्य राम्रो रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले जानकारी दिए ।

Advertisement

नेपालमा हाल जङ्गली रैथाने करिब २२५, भारतका विभिन्न स्थानबाट बसाईसराई गरेर आउने ९झापा र शुक्लाफाटामा० २०० को हाराहारीमा र घरपालुवा १७८ ९सरकारी १०२ र निजी ७६० को संख्यामा हात्ती छन् । घरपालुवा हात्ती कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका उनले बताए । चितनवमा हात्तीको प्रजनन केन्द्र सफल रुपमा सञ्चालित छ ।

हात्तीले एकै दिन भाले र पोथी बच्चा जन्माउनु खुशीको कुरा भएको बताउँदै महानिर्देशक ढकालले यिनीहरुको हेरचाहमा हात्तीसारमा काम गर्ने कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले हात्तीसारमा काम गर्ने कर्मचारीको सेवासुविधा वृद्धि गरी प्रोत्साहन गर्नुपर्ने नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिए । हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो जनावर हो । हात्तीलाई हिन्दू धर्ममा भगवानको रुपमा पूजा गर्ने गरिन्छ । विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावरमा रहेको छ ।

सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जङ्गली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको जानकारी दिदै उनले पर्यटन प्रर्बद्धनमा पनि हात्तीको ठूलो योगदान रहेको बताए । यसका साथै बेला बेलामा हात्तीबाट हुने हानी नोक्सानी र क्षतिले गर्दा मानव–हात्ती द्वन्द्व बढ्दो छ । हात्तीले मान्छे मार्ने, घाइते बनाउने, घर गोठ भत्काउने, बालीनाली नोक्सानी गर्ने, भण्डारण गरेको अन्न खाइदिने गर्दै आएको छ । यो समस्या न्यूनिकरणका लागि विभागले विभिन्न कार्य गर्दै पनि आएको छ ।

हात्ती कै विषयमा विद्यावारिधि गर्नुभएका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा अशोक रामका अनुसार जङ्गली रैथाने हात्ती बढी पाइने स्थान बर्दिया निकुञ्ज र त्यसपछि पर्सा राष्टिय निकुञ्ज हो । पछिल्लो समय हात्ती संरक्षणमा विभिन्न चनौती बढ्दै गएका छन् ।बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेण्ट लागेर हात्ती मर्ने गरेको छ भने बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानव बस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी शिकारी मुख्य चुनौती भएको उनले बताए । नेपालमा हालसम्म बाघ र गैंडाको जस्तो व्यवस्थितरुपमा हात्तीको गणना गर्ने नगरिएकाले यसको संरक्षण र जानकारीका लागि गणना सुरु गर्नुपर्ने उनको तर्क थियो। – रासस

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल