ताजा अपडेट »

रुपन्देही डान्स स्टार–३ हुने, विजेतालाई उपाधिसँगै नगद ७० हजार

सोमबार, ३० साउन २०७९, २१ : ३५
42 Shares
सोमबार, ३० साउन २०७९
42 Shares

बुटवल। रुपन्देही डान्स स्टार–३ हुने भएको छ । रुपन्देहीका नृत्य प्रतिभाहरुलाई प्राथमिकतामा राख्दै सुरु गरिएको प्रतियोगिताको तेस्रो संस्करण हुने भएको हो । रुपन्देही डान्स स्टार सिजन–३ को आगामी भदौदेखि सुरु हुने आयोजक छमछमी कला केन्द्रले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा छमछमी डान्स केन्द्रका अध्यक्ष किशोर थापाले भदौ ४ गतेबाट अडिसन शुरु भई असोज १ गते ग्राण्ड फिनालेसँगै प्रतियोगिता सम्पन्न हुने बताए । उनले पहिलो अडिसन भदौ ४ गते बुटवलमा र दोश्रो भदै ११ गते तिलोत्तमामा हुने जनाए । उनले प्रतियोगितामा लोपोन्मुख संस्कृति जगेर्ना गर्ने खालका प्रस्तुतिलाई प्राथमिकतमा राखेको बताए ।

प्रतियोगितामा एकल, जोडी र सामूहिक गरी ३ विधामा सहभागिता तथा प्रतिष्पर्धा हुने छ । विजेताले उपाधिसँगै ७० हजार नगद र म्यूजिक भिडियोमा अवसर प्राप्त गर्नेछन् भने द्वितियले ५० हजार र तृतीयले ३० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

करिब ३ सय जनालाई अडिसनमा सहभागी बनाउने योजना रहेको कार्यक्रम संयोजक महेश खनालले बताए । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका लुम्बिनी उपाध्यक्ष नारायण थापाले यस्ता प्रतियोगिताले दक्ष कलाकार उत्पादनको लागि काम गरिरहेको बताए।

कार्यक्रममा बोल्दै नृत्यकर्मी संघ रुपन्देहीका पूर्व अध्यक्ष अनु रजकले नृत्यको माध्यमबाट समाज परिवर्तन गर्न सकिने बताउँदै आफूहरुले थप वृहत कार्यक्रम गर्ने तयारी रहेको जनाए ।

प्रतियोगितामा सहभागिता जनाउन एकलले रु ५ सय,जोडीले ८ सय र समूहले रु १२ सय शुल्कसहित दर्ता गर्नुपर्ने र प्रशिक्षण लगाएत कुनैपनि बहानामा अन्य शुल्क नलाग्ने प्रतियोगिताका संयोजक महेश खनालले बताए । उनका अनुसार प्रतियोगितामा करिब ७ लाख खर्च हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।