१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बैतडी । सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि बढ्न सकेको छैन । १० स्थानीय तह रहेको बैतडीमा ३ पालिका बाहेक अन्यमा आयोगले कामको सुरुवात नै गरेको छैन । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा काम सुरु भएको छ भने, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाले आयोगसँग सम्झौता गरेका छन् ।  

Advertisement

जिल्लाका ७ स्थानीय तहले भूमि आयोगसँग सम्झौतासम्म गरेका छैनन् । आयोग गठन भएका बेला जग्गा प्राप्त हुने आस बोकेका व्यक्तिहरुमा निराशा छाएको अधिकारकर्मी राजुराज भुलले बताए । उनले भने,‘भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास भएका व्यक्तिहरुलाई जग्गा प्रदान गर्दा केहि मुक्त हलियासमेत समेटिने थिए । तर कामको कुनै प्रगति नहुदाँ हामी अधिकारकर्मीहरु समेत निराश छौँ । काम हुँदैन कि भन्ने चिन्ता लागेको छ ।’ बैतडीमा करिब ९ हजार व्यक्ति सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी रहेको हुनसक्ने भुलको भनाइ छ । 

भूमिहीनलाई जग्गा प्रदान गर्ने कार्यक्रम स्थानीय तहको उदासीनताका कारण ओझेलमा परेको राष्ट्रिय भूमि आयोग बैतडीका अध्यक्ष धर्मसिंह ऐरले बताए । उनले भने,‘हामीले स्थानी तहसँग समन्वय गरेर काम गर्नुपर्छ । स्थानीय तहका प्रमुखले राष्ट्रिय भूमि आयोगको कार्यालय काठमाडौंमा गएर सम्झौता गर्नुपर्ने नियम छ । उनीहरुले सम्झौता नगरेका कारण कामको थालनी नभएको हो ।’

स्थानीय तहले आयोगको केन्द्रीय कार्यालयसँग सम्झौता गरेपछि आफूहरुले तथ्यांक संकलन गरेर काम अघि बढाउने ऐरले बताए । अहिले जिल्लाको दशरथचन्द, पाटन र पुर्चौडी नगरपालिका तथा डिलाशैनी, दोगडाकेदार, सुर्नया र सिगास गाउँपालिकामा ३ पटक पत्राचार गर्दासमेत सम्झौताका लागि आनाकानी गरेको उनले बताए । बैतडीमा आयोग गठन भएको ४ महिना पूरा भैसकेको छ भने काम शून्य जस्तै छ । आयोगका पदाधीकारीहरु काम बिनै तलव खाएर बसेका छन् । 

सम्झौता नगरेका स्थानीय तहहरुले केहि दिनमै सम्झौता गर्ने बताएका छन् । केहि पालिकाका प्रमुखहरु काठमाडौंमै रहेकाले सम्झौता गरेर जिल्ला फिर्ता हुने बताएका छन् । सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले सम्झौता एकदुई दिनमा गर्ने बताए । जिल्लाको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काठमाडौंमा रहेकाले सम्झौता गरेर फर्किने पालिका प्रवक्ता यज्ञराज भट्टले बताए । 

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण