१० आश्विन २०८०, बुधबार

Sep 27, 2023


धरान । प्रथम वाईवाई मिस धरान आइकन–२०२२को उपाधि आशमाया राईले जीतेकी छन् । ब्ल्याकपिग इन्टरटेन्मेन्टले शुक्रबार आयोजना गरेको यो सौन्दर्य प्रतियोगितामा प्रमुख निर्णायक शिवराज श्रेष्ठले सोधेको प्रश्न ‘तपाईं यो धर्तीमा किन जन्मिनु भयो जस्तो लाग्छ ?’ को उत्कृष्ट जवाफ दिएकी आस्मायाले उपाधिसँगै नगद ५० हजार प्राप्त गरेकी छन् ।

Advertisement

त्यस्तै प्रजना राई फस्ट रनर अप बनेर नगद ३० हजार जितिन् भने स्वेता पोखरेलले सेकेन्ड रनर अप बनेर नगद २०हजार जितिन् । त्यस्तै निवा लिम्बुले मिस पर्सनालिटी, स्वेता पोखरेलले मिस वेष्टवाक र मिस कन्जिनालिटी, रानु श्रेष्ठले मिस फोटोजेनिक, सेलि श्रेष्ठले मिस मल्टिमिडिया, रोजनी लिम्बुले भ्यूअर्स च्वाइस, जेनिस्ना श्रेष्ठले मिस डिसिप्लिन, विपिका लिम्बुले मिस कल्चरल ड्रेस र सृष्टि लामाले मिस चार्मिङ सव टाइटल जीते।

कोरियोग्राफर प्रजिता तामाङको कोरियोग्राफीमा मञ्चमा उत्रिएका १८ प्रतिष्पर्धीलाई मुख्य निर्णायक श्रेष्ठसहित निर्णायकहरु अभिनेता गजित विष्ट, अयुव केसी, सानुबाबा सुब्बा, गायक एपी शेर्पा, सुमन श्रेष्ठ, पत्रकार गोपाल दाहाल, मिस पूर्वाञ्चल २०१३ नेहाबजाज, मिस टुरिजम नेपाल २०१५ चन्द्रिकामोते, मिस पूर्वाञ्चल २०१७की फस्टरनरअपसिमरन श्रेष्ठ, मोटिभेसनल स्पिकर सुरेश राई, पाथीभरा जब लिंकका सञ्चालक पवन अधिकारी र रंगकर्मी नविन मेन्याङ्वोले उत्कृष्ट १८ बाट उत्कृष्ट १२, उत्कृष्ट ५ हुँदै विजेता छनोट गरेका थिए ।

सहारा इन्टरटेन्मेन्टको व्यवस्थापनमा सदन सभाहलमा भएको कार्यक्रममा गायिका सरला श्रेष्ठ, सुमन श्रेष्ठ लगाएतले गीत प्रस्तुत गरेकाथिए ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु