६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

पाल्पा । आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शय्याको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ ।

Advertisement

रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवन स्तरोन्नति गरी सोही ठाउँमा १५ शय्याको अस्पताल निर्माण कार्य भइरहँदा कालीगण्डकीबेँसीका स्थानीय उत्साहित बनेका छन् । यो पाल्पा जिल्लाकै ठूलो क्षमताको आयुर्वेद अस्पतालमा विकास हुँदैछ ।

सङ्घीय सरकारको भवन निर्माणअन्तर्गत रु नौ करोड ५४ लाख ८७ हजार लागतमा ठेक्का सम्झौता भई भवन निर्माण भइरहेको छ । विसं २०७६ पुस २५ गते ठेक्का सम्झौता गरी फागुनबाट शिवशक्ति कन्ट्रक्सन प्रालिले निर्माण कार्य थालनी गरेको हो । 

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विसं २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले अनिश्चितकालसम्मका लागि बन्दाबन्दी जारी गरेपछि निर्माण कार्य केही समय प्रभावित भयो । बन्दाबन्दी खुकुलो भएपछि २०७७ को मङ्सिरदेखि पुनः भवन निर्माणको काम थालियो । सो भवन २०७८ भदौ २४ गतेभित्रमा सम्पन्न हुने सम्झौता भए तापनि कोरोनाको कहरले भने काम प्रभावित बन्न पुग्यो । 

पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वी भेगको रामपुरमा निर्माण हँुदै गरेको सो भवनको हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सकिएको निर्माण कम्पनीका सुपरभाइजर गङ्गा श्रेष्ठ बताउँछन् । उनका अनुसार आगामी माघ मसान्तभित्रमा म्याद थप गरी निर्माणको काम सक्ने सम्झौता रहेको र सो समयावधिमा भवन निर्माण गरी हस्तान्तरण हुनेछ । अब भवन रङरोगन, बिजुली बत्ती जडान, आल्मुनियम जडान, ग्रिललगायतका काम बाँकी छन् । 

रामपुर आयुर्वेद औषधालयको स्वामित्वमा १२ रोपनी आठ आना जग्गा छ । सोही जग्गामा नै तीनतले सुविधा सम्पन्न नयाँ भवनमा एक योगाभ्यास हल रहनेछ । सङ्घीय आयोजना कार्यालय एकाइ भैरहवाको रेखदेखमा भवन निर्माण भइरहेको छ । हाल दैनिक १५ देखि २० मजदुर काममा खटिएका छन् ।

यस आयुर्वेद औषधालयमा २०२४ सालदेखि आफूले नियमित सेवा लिँदै आइरहेको र अब भवन निर्माणपश्चात् अस्पतालको रुपमा परिणत भएपछि नागरिकले राम्रो सेवा पाउने समाजका अगुवा ७० वर्षीय नगिलाल पौडेल बताउँछन् । रक्तचाप, ग्याष्ट्रिकलगायतको औषधि सेवन नियमितरुपमा गरेको उनी बताउँछन् ।

“अब १५ शय्याको अस्पताल चालु भएपछि शतप्रतिशत सेवा पाइनेछ, भवन स्तरीय र निर्माणको कार्य दु्रतगतिमा अगाडि बढेको देख्दा थप सेवा छिट्टै उपयोग गर्न पाइनेमा विश्वस्त छौँ, कालीगण्डकीबेँसीको केन्द्रका रुपमा रहेको यहाँबाट धेरै नागरिक लाभान्वित हुनेछन्”, उनले भने ।     

यहाँ अस्पताल चालु भएपछि पूर्वी पाल्पाका रामपुर नगरपालिकासहित निस्दी, पूर्वखोला, रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिका र नवलपरासी पूर्वको बौदिकाली गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने रामपुर नगरपालिका आयुर्वेद शाखा प्रमुख तथा आयुर्वेद औषधालयका कविराज चेमप्रकाश पोखरेलले जानकारी दिए ।

उनी भन्छन्, “चार जिल्लाको केन्द्र रामपुरमा व्यापारिक, शैक्षिक, उपचार सेवाका लागि ठूलो सङ्ख्यामा  आउने गरेकाले आयुर्वेद अस्पताल सञ्चालनमा सबैको चासो बढेको छ, उपचार सेवा थपिने हुँदा अन्यत्र जानुपर्ने अवस्था हट्नेछ ।” 

आयुर्वेद अस्पतालमा नवौँ तहसम्मका डाक्टरको दरबन्दी रहनेछ । जसमा डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय  सहयोगीलगायतका सरकारले मापदण्ड तोकेका कर्मचारीबाट सेवा दिइनेछ । आयुर्वेदिक तथा प्राकृतिक अस्पतालबाट आकस्मिक, एक्सरे, प्रयोगशाला, बहिरङ्ग, पायल्स, बिरामी भर्ना, योगको थेरापीलगायतका सेवा सञ्चालन गरिनेछ ।

औषधालयमा कविराज र वैद्य एक-एक, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ । औषधालयमा बहिरङ्ग, साधारण, स्तनपायी आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिकलगायतका सेवा प्रवाह भइरहेको छ ।

सरकारी अस्पतालको पहुँच नपुगेको पाल्पाको रामपुरमा विसं २०१७ मा रामपुर आयुर्वेद औषधालय स्थापना भएपछि यहाँका नागरिकले सरकारीस्तरको स्वास्थ्य सेवाको अनुभूति गर्न पाएका थिए । विसं २०२९ मा भने अञ्चल आयुर्वेद औषधालयका रुपमा परिणत भई सेवा दिन थालियो । अञ्चल कार्यालय सदरमुकाम बुटवलमा मात्रै राख्ने तत्कालीन सरकारको निर्णय रहेकाले विसं २०४३ माघ ६ गते अञ्चल कार्यालय बुटवलमा स्थानान्तरण भएपश्चात् पुनः आयर्वेद औषधालयकै रुपमा सेवा दिन थालियो । 

सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने रामपुर नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक-एक आयुर्वेद औषधालय छन् । यस्तै रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ भने तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिइएको छ ।

आर्थिक वर्ष २०७८-०७९ मा पाल्पामा ३६ हजार पाँच सय १५ ले आयुर्वेद सेवा लिएको जिल्ला आयुर्वेद कार्यालयले जनाएको छ । जसअन्तर्गत रामपुरमा आठ हजार चार सय २५, पूर्वखोलामा दुई हजार तीन सय ३६, बगनासकालीमा दुई हजार छ सय ६४, रिब्दीकोटमा चार हजार सात सय तीन, रैनादेवीछहरामा दुई हजार तीन सय ७९, माथागढीमा तीन हजार सात सय ४२ र तानसेन नगरपालिका (यहाँ नागरिक आयोग्य सेवा केन्द्र निस्दी, तिनाउँ र रम्भाको सहित) १३ हजार तीन सय ६५ रहेको छ । पालिकामा सबैभन्दा धेरै आयुर्वेद सेवा लिने रामपुर हो । रासस

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट