ताजा अपडेट »

श्रीलंकाका सरकारी कार्यालय शुक्रबार पुनः खुला हुने

शनिबार, २१ साउन २०७९, १० : ३६
33 Shares

कोलम्बो । श्रीलंकाका  सरकारी कार्यालयहरू शुक्रबार पुनः खुला हुने भएका छन् ।  शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मंगलबार  रद्द गरेको थियो । श्रीलंकामा इन्धन  अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याइएको थियो ।

सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावार्डेनाले जानकारी दिए ।  श्रीलंकामा आर्थिक संकटपछि इन्धन खरिद हुन नसक्दा देशभर इन्धन अभाव भएको थियो । इन्धन र आर्थिक सङ्कटका कारण राजनीतिक संकट पनि उत्पन्न भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।