ताजा अपडेट »

१३ वर्षीया बालिका बलात्कृत

शुक्रबार, २० साउन २०७९, १३ : ०१
10 Shares
शुक्रबार, २० साउन २०७९
10 Shares

तेह्रथुम । तह्रथुममा एक जना १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमो छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।