७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाडौँ बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ। बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको अध्यक्षतामा १० जना विज्ञलाई समेटेर टोली गठन गरेको हो ।

सर्वोच्च अदालतले विमानस्थल निर्माणको पुरानो प्रक्रिया खारेज गरी थप अध्ययन गरेर मात्र यससम्बन्धी काम सुरु गर्न आदेश दिएको थियो। सर्वोच्चको सो आदेश दिएको एक महिना पछि सरकारले विज्ञ टोली गठन गरेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा जानकारी लिन खोजेको हो ।

देउजा नेतृत्वको सो टोलीमा पूर्वअर्थसचिव रामेश्वर खनाल र पूर्वाधारविद् सूर्यराज आचार्यलगायत सदस्य रहेका छन् । सर्वोच्च अदालतकै आदेशअनुसार मन्त्रिपरिषद्बाट विज्ञ टोली गठन गरिएको पर्यटनमन्त्री जीवनराज श्रेष्ठले बताए । उनका अनुसार समितिलाई निजगढ विमानस्थलको स्थलगत अध्ययन समेत गरेर आफ्नो प्रतिवेदन पेस गर्नका लागि एक महिनाको समय दिइएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल