६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

काठमाडौं । सरकारले आज आगामी मंसिर ४ गत एकसाथ प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन गर्ने घोषणा गरेको छ । नेपालको निर्वाचन इतिहासमा मंसिर महिनामा हुन लागेको यो तेस्रो प्रजातान्त्रिक निर्वाचन हो । नेपालमा हालसम्म जति पनि प्रजातन्त्रिक निर्वाचन भएका छन् अधिकांश वैशाख, जेठ र मंसिर महिनामा भएको पाइन्छ । अर्थात यी तीन महिना निर्वाचनको दृष्टिले अनुकुल महिना हुन् । 

Advertisement

मौसम अनुकुल हुनेहुँदा निर्वाचनको लागि वैशाख, जेठ र मंसिर महिना रोजिदै आइएको छ । यति बेला पानी पर्ने सम्भावना कम, दिन धेरै छोटे नहुने र हिमाली क्षेत्रमा चिसो बढीनसक्ने हुँदा निर्वाचनको लागि उपयुत्त मानिदै आइएको छ । नेपालमा २००७ सालयता हालसम्म १२ वटा प्रजातान्त्रिक निर्वाचन भएका छन् । अधिकांश निर्वाचनहरु वैशाख, जेठ र मंसिर महिनामा सम्पन्न भएका छन् । 

नेपालमा पहिलो आमनिर्वाचन २०१५ फागुन ७ गते भएको थियो । त्यसपछि २०३७ सालमा राष्ट्रिय जनमतसंग्रह भएको थियो । जनमतसंग्रह वैशाख २० गते भएको थियो । २०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि २०४८ सालमा प्रतिनिधि सभाको निर्वाचन भएको थियो । उक्त वर्ष वैशाख २९ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो । 

त्यसपछि २०४९ सालमा देशमा स्थानीय निर्वाचन सम्पन्न भएको थियो । सो वर्षको जेठ १५ र १८ गते दुई चरणमा स्थानीय निर्वाचन गरिएको थियो । २०५१ सालमा मध्यावधि निर्वाचन भएको थियो । उक्त वर्ष कात्तिक २९ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो । यसपछि २०५४ जेठ ४ र १३ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गरिएको थियो । 

निर्वाचन आयोगका अनुसार २०५६ वैशाख २० र जेठ ३ गते दुई चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन गरिएको थियो । यस्तै, २०६४ चैत २८ गते संविधान सभा निर्वाचन भएको थियो । पहिलो संविधान सभाले नयाँ संविधान जारी गर्न नसकेपछि २०७० मंसिर ४ गते दोस्रो संविधान सभा निर्वाचन गरिएको थियो । संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि २०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरिएको थियो ।

२०७४ सालको मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन एकसाथ गरिएको थियो । त्यसपछि २०७९ वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय निर्वाचन सम्पन्न भएको थियो । सरकारले आज आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने मिति घोषणा गरेको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई