५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

मंसिर १६,

Advertisement

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद(साग) महिला क्रिकेटमा माल्दिभ्सलाई १० विकेटले हराएको छ । तीव्र गतिकी बलर अन्जली चन्लले विश्वकीर्तिमान सहित उत्कृट प्रर्दशनसँगै नेपालले १७ रनको सामान्य लक्ष्य केबल ५ बलमै पुरा गरेको हो ।

पहिलो नो बलमा काजल श्रेष्ठले चौका प्रहार गरेकी थिइन् भन्ने पहिलो बलमा पनि चौका प्रहार गरिन् । दोस्रो बलमा १ रन लिदा तेस्रो बलमा सिता राना मगर डट भइन् । चौथोमा वाइड २ र अर्कोमा काजले चौका प्रहार गरिन् । पाँचौ बलमा लेग वाइका रुपमा १ रन लिदै नेपालले ५ बलमा खेल जितेको हो । यो नेपालले जितको तेस्रो सर्वा्धिक छिटो जित पर्दछ । यस अघि रवान्डा र तानजानिले समान ४ बलमा खेल जितेका छन् । नेपालकी ओपनर काजल श्रेष्ठले ५ बलमा ३ चौका सहित १३ रनमा अविजित रहिन् ।

त्यसअघि अन्जलीले अद्भुत प्रदर्शन गरेपछि माल्दिभ्स १०.१ ओभरमा मात्र १६ रनमा अल आउट भएको थियो । नेपालको बलिङ आक्रमण विरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता समेत खोल्न सकेनन् । उसका हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्यले खाता खोल्न सकेनन् । अन्जलीले ४ व्याटम्यानलाई क्याच आउट र २ लाई बोल्ड आउट गरेकी थिइन् ।

अन्जलीले २.१ ओभरमा २ मेडन सहित कुनै रन नदिइ ६ विकेट लिइन् । अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् । यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । करुणा भण्डारीले २ विकेट हात पारिन् ।

प्रतिकृया दिनुहोस्

Flash News

यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु