२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १६,

Advertisement

काठमाडौँ । कराँतेका मन्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष एकल काँतामा विजयी हुँदै नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् ।

मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे । त्यसअघि सेमिफाइनलमा मन्डेले बंगलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाए । मन्डेले २४ तथा बंगलादेशका खेलाडीले २२.८ अंक जोडे । श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कास्यमा सिमित भए । यससँगै मन्डेले दुई दशकपछि नेपाललाई काँतामा स्वर्ण दिलाउन सफल भएका छन् । नेपालमै भएको आठौं सागमा गंगाराम महर्जनले काँतामा नेपाललाई स्वर्ण दिलाएका थिए ।

त्यसयता काँतामा नेपाल स्वर्णविहीन हुदै आएको थियो । यसअघि महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जितिन् । उनी फाइनलमा पाकिस्तानकी साहिदासँग पछि परिन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन् ।- हाम्रो खेलकुद

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने