१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

मंसिर १६,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको बुटवल–५ मा अवस्थित साधना महिला विद्यालय रोटरी सेवा पदकबाट सम्मानित भएको छ । वि.स. २०६३ साल वैशाख २८ गते स्थापना भएको यस विद्यालयमा हाल १० देखि ७० वर्ष उमेरसम्मका २ हजारभन्दा बढी बालिका तथा महिलाहरुले अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । रोटरी क्लब अफ बुटवलको २७ औं चार्टर नाईटका अवसरमा आइतबार नगद २ लाख रुपैयाँ पुरस्कार राशीले विद्यालय सम्मानीत भएको हो । महिला शसक्तिकरणमा शिक्षाबाट योगदान दिएको साधना महिलालाई क्लबले प्रत्येक दुई दुई वर्षको अन्तरमा प्रदान गर्ने रोटरी सेवा पदकबाट सम्मानित गरेको क्लबका सचिव रोम शर्माले बताए । क्लबले स्थापन दिवसका अवसरमा हरेक २ वर्षमा विभिन्न ५ शिर्षक मध्ये छनोट गरेर पदक वितरण गर्दै आएको छ ।

आईतबार भएको कार्यक्रमको रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठ, डिष्ट्रिकका एसाईन एजी एजाज आलम, पिडिजि तिर्थमान शाक्य, पुर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ, क्लबका प्रेसिडेन्टल काउन्सिलका अध्यक्ष विन्ध्याकेशर श्रेष्ठ, वर्ष २०१९/२०२० का अध्यक्ष डिल्लिकुमार श्रेष्ठले संयुक्त रुपमा केक काटेर उद्घाटन गरेका थिए । यसैगरि संचारको क्षेत्रबाट योगदान दिएका कान्तिपुर टिभी तथा बुटवलटुडेका सम्वाददाता स्वस्तिक श्रेष्ठलाई समेत उत्कृष्ट पत्रकारिता पुरस्कारबाट नगद १० हजार रुपैयासहित सम्मानपत्रबाट पुरस्कृत गरिएको छ । पहिलो रोटरी सेवा पदक सुचना र संचारको क्षेत्रमा योगदान दिने महाविर पुनलाई प्रदान गरिएको थियो ।

यसैगरि विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । पत्रकारिता अध्ययरत छात्रा संस्कृति डुम्रेलाई प्रदान गरिएको छ । रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले स्वार्थभन्दा माथि सेवाको भावनासहित रोटरी क्लबको विश्वका २ सय २१ देशमा फैलिएको २० लाख सदस्यसहितको नेटवर्क रहेको बताए । सामाजिक कार्यसहित विश्वलाई जोड्ने अभियानमा रहेको उनले बताए । रोटरी क्लब अफ चितवनका अध्यक्ष राजु पौडेलले क्लबहरुको सहकार्यमा अघि बढ्न सके समाजमा ठुला योगदान दिन सकिने सुझाव दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु