२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १४,

Advertisement

ग्लोबल आवाज

बुटवल । ग्यास विक्रेता संघ रुपन्देही अन्तरगतको तिलोत्तमा शाखामा ज्ञानेन्द्र बन्जाडे पुनः अध्यक्षमा निविरोध निर्वाचित भएका छन् । शनिवार तिलोत्तमाको ड्राइभरटोलमा सम्पन्न शाखाको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्ष बन्जाडे सहित १२ जना निर्विरोध भएका हुन् ।

जसको प्रथम उपाध्यक्षमा सुदिप कंडेल, द्वतीय उपाध्यक्षमा टिकामणि आचार्य चयन भएका छन् । त्यस्तै सचिवमा सालिकराम वस्ती, सह–सचिवमा निरज कंडेल र कोषाध्यक्षमा हरि पन्थी निर्वाचित भएको निर्वाचन समिति सदस्य खर्कबहादुर पुनले जनाकारी दिए । शाखाको अधिवेशनले ६ जना सदस्य समेत चयन गरेको छ । जसमा दिलमायाँ पुन, शिवलाल भूषाल, कृष्ण प्रसाद पान्डे, बबि भट्टराई, बम बहादुर भन्डारी र गोविन्द सापकोटा चयन भएको निर्वाचन समिति सदस्य नयाँकान्त भन्डारीले जनाकारी दिएका छन् ।

यसघि साधारण सभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले अतिआवस्यकीय बस्तुका रुपमा रहने ग्यास विक्री वितरणलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिए । उनले त्यसका लागि नगरपालिका सहयोगका लागि तयार रहेको समेत बताए । कार्यक्रममा बोल्दै ग्याँस विक्रेता संघ प्रदेश ५ का महासचिव नारायण नेपालले डिलर प्रमाणिकरणको कम भैरहेको बताए । उनले डिलर प्रमाणिकरणले व्यवसायमा सहजता आउनेमा जोड दिए ।

शाखा अध्यक्ष ज्ञानेन्द्र बन्जाडेको अध्यक्षता, सचिव सालिकराम वस्तीको संचालन प्रथम उपध्यक्ष सुदिप कडेलको स्वागतमा भएको कार्यक्रममा ग्यास विक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदिप प्रसाद पन्थ, निर्वाचन समिति संयोजक हरिलाल पान्डेलगाएतले बोल्दै व्यवसायलाई व्यवस्थित र दीगो बनाउनु पर्नेमा जोड दिएका थिए । साधारण सभाले अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने