Jun 7, 2023
मंसिर १५,
ग्लोबल आवाज
बुटवल । प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्रनम्बर ३ (ख) मा भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार बिमला खत्रीले ७७२ मत अन्तरले अग्रता लिएकी छन् ।
बिमलाले १ हजार ९सय ६ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशव शर्मा आचार्यले ११३४ मत प्राप्त गरेका छन् । राप्रपाका भुपाल रावतले १०, साझा पार्टीका शिवकुमार चौधरीले ६, समाजवादीका डिल्लीबहादुर डाँगीले ५ मत पाएका छन् । बबई गाउँपालिका वडानम्बर १ र तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ को गणना सकिएको छ ।
प्रतिकृया दिनुहोस्