Jun 3, 2023
मंसिर १४,
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला भलिबलमा आज सेमिफाईनलका खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा पहिलो सेमिफाईनलमा भारत र माल्दिभ्स तथा दोस्रो खेलमा नेपाल र श्रीलङ्का भिड्दै छन् ।
साग खेलकुदमा कास्य पदक भन्दामाथि उक्लिन नसकेको नेपालका लागि यो इतिहास रच्ने अवसर हो । श्रीलङ्कालाई हराए नेपाल सागको ईतिहासमा पहिलो पटक फाईनलमा पुग्नेछ । सोही कारण सागमा पहिलो स्वर्ण जित्ने लक्ष्य राखेको नेपालले श्रीलङ्कालाई हराउनुपर्ने चुनौती छ । यसअघि नेपालमै भएको दक्षिण एसियाली महिला भलिबलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । पहिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।
नेपाल र भारतसँग हारेको बंगलादेश समूह चरणबाटै बाहिरिएको छ । नेपाल समूह उपविजेताको रुपमा सेमिफाईनल पुगेको हो । नेपालले फाईनल प्रवेशका लागि समूह बीको विजेता श्रीलङ्कासँग भिड्न लागेको हो । आजै हुने पहिलो सेमिफाईनलमा भारत र माल्दिभ्स भिड्नेछन् ।- साझापोष्ट
प्रतिकृया दिनुहोस्