२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १३,

Advertisement

ग्लोबल आवाज

बुटवल । रोटरी क्लव अफ बुटवलले प्रदान गर्ने यस वर्षको ‘रोटरी पदक–२०१९’ ‘साधना महिला बिद्यालय’ ले प्राप्त गर्ने भएको छ । क्लवले हरेक २ वर्षमा प्रदान गर्ने विभिन्न ५ विधा मध्य यो वर्ष नारी उत्थान र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने व्यक्ति वा संस्थालाई पदक प्रदान गर्ने निर्णय अनुसार सो संस्थालाई सम्मान गरिने भएको हो ।

पदक छनौट समितिले छनौट गरि सिफारिसका आधारमा बुटवल ६ मा रहेको साधना महिला बिद्यालयलाई क्लवले पदक सहित २ लाख राशीको नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको क्लवका अध्यक्ष दिल्लीकुमार श्रेष्ठले जानकारी गराए । क्लवले स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, सीप बिकास सचेतना कार्यक्रम, सामुदायिक परियोजनाको बिकास एवम् कार्यान्वयन लगायतका सामाजिक काम गर्दै आएको छ । सेवा, बिकास, शान्ति र समृद्धिको क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा समुदायलाई सघाएर योगदान गरेका व्यक्ति तथा संघसंस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थायी अक्षयकोष स्थापना गरि शिक्षा, स्वास्थ्य सरसफाई र सामुदायिक काम गरेका, सीप सिर्जना र बिकास, गरिबी निवाहरण, जनउपयोगी खोज र नारी उत्थान र लैंगिक समानता ५ बिषयमा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरिन्छ ।

क्लवले १७ लाख ५० हजार राशीको अक्षयकोष स्थापना गरी पदक तथा पुरस्कार राशी प्रदान गर्दै आएको अध्यक्ष श्रष्ठले बताए । क्लवको स्थापना दिवसमा प्रदान गरिने उक्त पदकबाट यस अंगाडी शिक्षा क्षेत्रबाट सुवर्णकुमारी श्रेष्ठ र जनउपयोगी खोज विषयमा महाबिर पुनलाई सम्मान गरिसकिएको छ । यो वर्ष २०६३ साल बैशाख १८ गते बुटवल उपमहानगरपालिका वडा नं. ६ मा स्थापना भएको साधना महिला बिद्यालयले नारी उत्थान र महिला समानताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै रोटरी सेवा पदक–२०१९ बाट सम्मान गर्न लागिएको हो । बिद्यालयको स्थापनाकालदेखि हालसम्म १० देखि ७० वर्ष उमेरका २ हजार बढी बालबालिका तथा महिलाले पढ्ने अवसर प्राप्त गरेका छन् ।

६७ जना प्रौढ महिलाले एसएलसी÷एसईई हासिल गरेको बताईएको छ । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षालाई पुरा गरौं’ भन्ने उद्देश्यका साथ सामान्य बिद्यालयहरुमा जान नसक्ने महिलाहरुलाई समाजसेवी, शिक्षाप्रेमीहरुसँग सहयोग जुटाएर भएपनि शिक्षा प्रदान गरि शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गरेकाले छनौट गरिएको क्लवले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । उक्त पुरस्कार यहि मंसिर १५ गते क्लवको स्थापना दिवस डिसेम्बर १ मा प्रदान गर्दैछ । यस बाहेक क्लवले गरिव तथा जेहेन्दार छात्र–छात्रा, उत्कृष्ट पत्रकारलाई सम्मान गर्दै आएको छ भने सामुदायिक सेवा केन्द्रमा समुदायको आर्थिक सवलीकरणकालागि परियोजनाहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा कामगर्दै आएको क्लवले हालसम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजन जेनेरेसन प्लान्ट, शंकरनगर स्थित बनबाटिकामा बालरेल सञ्चालन, बुटवलको मुटु अस्पतालमा क्याथल्याव सेवा प्रदान गरेको छ । रगतको अभाव हुन नदिनकालागि अत्याधुनिक कलेक्सन भ्यानको लागि ग्लोवल ग्राण्ड अप्लाई भएको तथा शंकरनगर बनबाटिकामा ई–लाईवेरी तथा साईन्स थिएटर स्थापनाका लागि प्रारम्भिक अध्ययन गरि ग्लोवल पाटनरका लागि आह्वान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने