ताजा अपडेट »

बुटवलपछि भैरहवामा भाटभटेनीको शाखा सञ्चालनमा आउँदै

शुक्रबार, १३ मंसिर २०७६, १५ : ५९
6 Shares

मंसिर १३,

ग्लोबल आवाज

बुटवल । सुपरमार्केट संस्कृति भित्र्याउने भाट–भटेनीले यहि मंसिर २६ गतेदेखि भैरहवा शाखा सञ्चालन गर्ने भएको छ । रुपन्देहीको सिद्धार्थनगर–७ जनकपथमा भाट–भटेनी सुपरमार्केट सन्चालनमा आउन लागेको हो ।

यस अघिनै रुपन्देहीकै बुटवलमा सञ्चालनमा आइरहेको भाटभटेनीको यो जिल्लामा दोस्रो शाखा हो । अहिले व्यवस्थापन पक्ष र कर्मचारीलाई त्यसको तयारी गर्न भ्याई–नभ्याई छ । उद्घाटन कार्यक्रममा सहभागि हुन भाट–भटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङ्गले आग्रह गरेका छन् । उद्घाटनको अवसरमा हरेक सामान दश प्रतिशतसम्म छुट दिने घोषणा समेत गरिएको अध्यक्ष गुरुङले बताए ।

भैरहवा शाखा सञ्चालन पछि नेपालगञ्जमा भाटभटेनीको उद्घाटन हुने छ । नेपालगञ्जमा अहिले पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । फागुन महिनामा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।