७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

मंसिर १३,

Advertisement

ग्लोबल आवाज

बुटवल । पछिल्लो समय बुटवलमा अत्याधुनिक र डिजिटल प्रविधिका मल्टिप्लेक्स खुल्ने क्रम बढेको छ । यसै क्रममा बुटवलको भाटभटेनीमा डिजिटल मल्टिप्लेक्सका रुपमा तेस्रो र सबैभन्दा ठूलो मल्टिप्लेक्स सञ्चालनमा आएको छ । काठमाण्डौं उपत्यकापछि बुटवलका दर्शकहरुले पनि अब प्रविधियुक्त र स्तरिय सुविधा सहित फिल्म हेर्न पाउने भएका छन् । दर्शकले सुतेरै फिल्म हेर्न मिल्नेगरी बुटवलको भाटभटेनीमा क्यूएफएक्स सिनेमाजले नयाँ मल्टिप्लेक्स शुभारम्भ गरेको हो ।

३ सय ६८ क्षमताको मल्टिप्लेक्समा डेफ्ट क्यू थ्री डी प्रविधि प्रयोगगरिनुका साथै दुई वटा स्क्रिन सहितको यस हलमा डल्बी एट्मोस साउण्ड प्रविधिको प्रयोग गरिएको रिगल सिनेमाज् प्रा.लि.का अध्यक्ष तथा क्यूएफएक्स निर्देशक नाकिम उद्धिनले बताए । भाटभटेनीको पाँचौ तल्लामा रहेको मल्टिप्लेक्सको शुभारम्भ गरिएको जानकारी गराउन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै क्यूएफएक्सका अथोराइज मार्केटिकङ लाइन्जका विवेक पोखरेलले हलबारे जानकारी गराए । स्तरीय साउण्डसँगै स्तरीय भिडियो क्वालीटी रहेको स्क्रिनमा फ्लिम हेर्ने अवसर जुराएको कम्पनीको देशभर ११ वटा मल्टिप्लेक्समा २५ वटा स्क्रिन रहेको उनले जानकारी गराए ।

कम्पनीले यसै महिना विराटनगरको भाटभटेनी सुपरमार्केटमा समेत २ स्क्रिन सहितको मल्टिप्लेक्स सञ्चालनमा ल्याउने तयारी रहेको क्युएफएक्सका सिइओ रोशन अडिगले जानकारी गराए । बुटवलको अमर पथमा रहेको भ्यू सिमा र राजमार्ग चौराहमा द्वारिका उदय यसअघि नै सञ्चालनमा आएका डिजिटल सिनेमा हल हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले