ताजा अपडेट »

अर्घाखाँची बस दुर्घटनाप्रति कांग्रेस सचेतक क्षेत्रीद्वारा दुःख व्यक्त

शुक्रबार, १३ मंसिर २०७६, ११ : ४८
12 Shares
शुक्रबार, १३ मंसिर २०७६
12 Shares

मंसिर १३,
ग्लोबल आवाज

बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानिमा बुधबार १९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटना प्रति नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले गहिरो दुःख व्यक्त गरेकी छिन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै उनले दुर्घटनामा परी निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समबेदना प्रकट गरेकी छिन् । साथै दुर्घटनामा परी घाइते भएकाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभाबकारी उपचारको लागि सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गराएकी छिन् । सचेत क्षेत्रीले अर्घाखाँचीमा पटक पटक सवारी दुर्घटना हुने गरेको प्रति चिन्ता व्यक्त गर्दै दुर्घटना हुनुको कारण पत्ता लगाई तत्काल समस्या पहिचान गरी सरकार र सम्बन्धीत सबै सरोकारवाला निकायलाई दीर्घकालीन रुपमा समाधान गर्नका लागि आग्रह गरेकी छिन् ।

बुधारबार अर्घाखाँचीबाट बुटवल आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानिमा दुर्घटना हुदाँ ११ पुरुष, ६ महिला, १ बालक र १ बालिका गरी १९ जनाको मृत्यु हुनुको साथै १८ जना घाइते भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।