४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

मंसिर १२,

Advertisement

ग्लोबल आवाज

बुटवल । उपनिर्वाचन बहिस्कार आन्दोलनको क्रममा गिरफ्तार गरिएका नेताहरुलाई रिहा गर्न नेकपा क्रान्तिकारी माओवादी प्रदेश ५ बुटवलले माग गरेको छ । मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार आन्दोलनको क्रममा प्रहरीले बाँके जिल्लाको कोहलपुरबाट नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम भुपेन्द्र न्यौपाने,केस तेजविक्रम शाही, बाँके सेक्रेटरी प्रेम थापा, बर्दिया सेक्रेटरी कमल रोकाया, देजमो नेपालका केन्द्रीय सदस्य सुरेश ओली, हृदेश शाही, भीमबहादुर सिंहलाई गिरफ्तार गरेको हो ।

नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश ५ बुटवलले आज छुट्टा–छुट्टै वक्तव्य जारी गरी गिरफ्तार नेताहरुको रिहाईको माग गरेको हो । पार्टीका प्रदेश सचिव प्रमोद र देजमो, नेपालका प्रदेश अध्यक्ष केवी गुरुङले शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी हस्तक्षेप र गिरफ्तारीलाई वर्तमान सरकारको निरंकुश र फासिवादी कदमको संज्ञा दिंदै घोर विरोध एवम् भत्र्सना गरेका छन् । नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ नगरीए उत्पन्न परिणामप्रति राज्य जवाफदेही हुने चेतावानी समेत वक्तव्यमार्फत दिएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर रुपन्देहीका ६ वटै नगर उपप्रमुखमा एमाले उम्मेदवार अगाडि