२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १२,

Advertisement

ग्लोबल आवाज

बुटवल । अर्घाखाचीका युवाहरुले कृषि क्षेत्रमा सामुहिक लगानी गरी ब्यवसाय अगाडी बढाएका छन । ६ जना युवाहरुले १ करोड भन्दा पनि बढी लगानी गरेर अर्घाखाची र कपिलवस्तुमा पोल्ट्री फर्म सञ्चालनमा ल्याएका छन । उनीहरुले अर्घाखाँचीमा उत्पादन हुने कुखुराका अण्डाहरुलाई बुटवलमा ल्याइ विक्रि गर्न बुटवलको तीनकुनेमा विक्रि केन्द्र समेत सञ्चालनमा ल्याएका छन ।

पाणिनी गाउँपालिकाका युवाहरु पदम घिमिरे, गिरिराज घिमिरे, भेषराज घिमिरे, कृष्णप्रसाद गैरे, भोजराज घिमिरे क्षेत्रीे, बावुराम पौडेलले करिब एक करोड लगानी गरेका छन । अर्घाखाचीको पाणिनी गाउँपालिका ४ पटौटीमा पाणिनी स्वरोजगार कृषि फर्म सञ्चालन गरेका उनीहरुले त्यहाँ कुखुरा पालन गरेका छन । त्यस्तै कपिलवस्तु वाणगंगा १ वैरियामा पनि कुखुरा पालन गरेका छन । हाल १० हजार कुखुरा पालन गरेका उनीहरुले ८ जनालाई रोजगारी दिएका छन ।

दैनिक ८ हजार अण्डा उत्पादन हुने गरेको सञ्चालक पदम घिमिरेले बताए । अर्घाखाँचीमा उत्पादित अण्डा बुटवलको तीन कुनेमा बिक्रि केन्द्र राखेर बिक्रि शुरु गरिएको उनले बताए । पहाडमा उत्पादन भएका अण्डा सिधै उपभोक्ता माझ पु¥यायएकाले ताजा र राम्रो भएकाले उपभोक्ताको माग बढ्दो रहेको घिमिरेले बताए । उत्पादन लागतका तुलनामा अण्डा सस्तोमा बेच्नुपरेको भन्दै उनले कृषिमा आवद्ध भएकाहरुलाई सरकारले सहुलियत दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने