२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ११,

Advertisement

सुमन केसी / ग्लोबल आवाज

दाङ । मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचनको कार्यालय दाङले निर्वाचनको तयारी पूरा भएको जनाएको छ । प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको निधनपछि रिक्त दाङ क्षेत्रनम्वर ३ (ख) र लछिनप्रसाद बुढामगरको निधनपछि रिक्त घोराही उपमहानगरपालिका वडा नम्वर १६ को वडाध्यक्ष पदका लागि हुन थालेको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

‘दाङमा हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । मतदान केन्द्रमा कर्मचारी पठाइसकिएको छ’, निर्वाचन प्रमुख अधिकृत थापाले भने, ‘मतदात स्थलको तयारी पूरा भयो । अब मत गणनाको तयारी हुन बाँकी छ ।’ अघिल्लो निर्वाचनको तुलनामा बदर मत घटाउने गरी लागि परेको भन्दै प्रमुख निर्वाचन अधिकृत थापाले मतदाता शिक्षालाई प्रभावकारी बनाएको पनि बताए । अघिल्ला चुनावमा जस्तो यस पटकको चुनावमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना न्यूनिकरण गर्न आफुहरु सफल भएको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

उपनिर्वाचनका लागि दाङमा ८२ मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए । क्षेत्र नम्वर ३ (ख) प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ को वडाध्यक्षका लागि ३४ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको थापाले जानकारी दिए । प्रदेश सभा ३ (ख) मा ३२ र घोराही १६ मा २ वटा मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए । दाङ क्षेत्र नम्वर ३ (ख) अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १, २, १० र ११ मा ५ वटा, बबई गाउँपालिकामा १०, दंगिशरण गाउँपालिकामा ८ तथा शान्तिनगर गाउँपालिमा ९ मतदानस्थल तोकिएको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए । उनका अनुसार घोराही–१६ का लागि आधारभूत विद्यालय सानी अम्वापुर र सिर्जनशील आधार विद्यालय बाहुनडाँडालाई मतदान केन्द्र तोकिएको थापाले जानकारी दिए ।

दाङमा डेढ वर्षयता १७ हजार २१० मतदाता थपिएका छन् । वि.सं. २०७४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेशको निर्वाचनमा तीन लाख ४५ हजार ६ सय ३३ मतदाता भएकोमा हाल तीन लाख ६२ हजार ९ सय ४२ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । आसन्न उपनिर्वाचनलाई सम्पन्न गर्नका लागि ७ सय ३६ कर्मचारी परिचालन गरेको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए । प्रत्येक निर्वाचन केन्द्रका लागि ५ जना कर्मचारीका दरले ४ सय १० सरकारी कर्मचारी र ३ सय २६ स्वयंसेवक कर्मचारी गरी ७ सय ३६ कर्मचारी परिचालन गरेको थापाले जानकारी दिए । ३४ मतदान स्थलका ८२ मतदान केन्द्रका लागि तोकिएका मतदान अधिकृतले स्वयंसेवक चयन गर्ने प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

दाङका ६ वटा मतदान स्थल अतिसंवेदनशील रहेको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए । ३४ वटा निर्वाचन स्थलमध्ये २ वटा सामान्य, २६ वटा संवेदनशील र ६ वटा निर्वाचन स्थल अति संवेदनशील रहेको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए । भयरहीत वातावरण निर्वाचन सम्पन्न गर्नका लागि शान्ति सुरक्षाको प्रबन्ध मिलाएको थापाले जानकारी दिए । उनका अनुसार निर्वाचन स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने