२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १०,
सुमन के.सी./ग्लोबल आवाज

Advertisement

दाङ्ग । दाङमा बस दुर्घटना हुदा एक जनाको मुत्यु भएको छ भने २० जना घाइते भएका छन् । जिल्लाको घोराही देखि प्यूठानको ढिकावाङतर्फ जादै गरेको ना ३ ख ६५४२ नम्वरको बस बंगलाचुली गाउँपालिका वडा नम्वर ६ बचेनी भन्ने ठाउँमा मंगलवार दिउँसो सवा तिन बजे दुर्घटना हुँदा बसमा सवार प्यूठान माण्डवी गाउँपालिका वडा नम्वर २ बस्ने वर्ष १६ की नेहा वलीको घटना स्थलमै मुत्यु भएको ल्लिा प्रहरी कार्यालय दाङले जनाएको छ । बस दुर्घटनामा परि अन्य २० जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ भने अन्यको मध्यम र सामान्य रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि बंगलाचुली गाउँपालिका वडा नं.६ रुपिनडाडा बस्ने ४० वर्षिय हिक्मत पुन गम्भिर घाईते भएका छन् । उनी बसको सहचालक भएको प्रहरीले जनाएको छ उनको थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ यस्तै बस चालक प्युठान माण्डवी गाउँपालिका वडा नम्वर १ बस्ने ३४ बर्षिय लोक बहादुर बुढा, घोराही उपमहानगरपालिका वडा न.१ बस्ने ३२ बर्षिय सन्तोष परियार, घोराही १६ शर्रा बस्ने २२ बर्षिया बिमला शर्मा गम्भिर घाईते भएका छन् । यस्तै अन्य घाईतेहरुमा बंगलाचुली ४ बस्ने १८ वर्षिया गिरा के.सी र प्युठान माण्डवी ४ बस्ने २० बर्षिया समिक्षा शर्माको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार माण्डवी गाउँपालिका २ बस्ने २० बर्षिय युवराज परियार, सोहि ठाउँ बस्ने १९ बर्षिय यज्ञ परियार, २४ बर्षिय बिरास परियार , घोराही ३ भैसपुर बस्ने २२ बर्षिया दिपा के.सी, घोराही १७ बस्ने बर्ष ३८ को बिरु घिमिरे , सोहि वडा बस्ने ३० बर्षिया रिखा परियार, सोहि ठाउँ बस्ने ७ बर्षिया रोसनी परियार, सोहि उपमहानगर २ बस्ने बर्ष ४१ कि गायत्री परियार, १७ बस्ने १८ महिनाकी रक्षा परियार, तुलसीपुर ७ बस्ने ३१ बर्षिय बसन्त के.सी, बंगलाचुली ६ तिग्ले बस्ने बर्ष १८ कि गिरा के.सी, रोल्पा रुम्टीगढी गाउँपालिका ३ बस्ने १८ वर्षिया उर्मिला परियार, सोहि ठाउँ बस्ने १९ बर्षिया भगवता परियार र घोराही १ बस्ने २३ बर्षिय केशव परियार घाईते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको जनाईएको छ । बस दुर्घटना हुनुको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने