१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

बुटवल । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । तर, यस वर्ष पनि किसानले समयमै मल नपाउँदा र समयमै वर्षा नहुँदा लुम्बिनी प्रदेशमा अहिले गतवर्ष भन्दा कम धान रोपाई भएको छ । प्रदेशमा अहिले (असार १४ गते) सम्म करिब ३२.७१ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गतवर्ष यहि अवधीमा करिब ४६ प्रतिशत रोपाई भएको थियो । अहिले गतवर्षको भन्दा १३ प्रतिशतले कम रोपाई भएको हो ।

Advertisement

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकाअनुसार प्रदेशमा धान रोपाई हुने ३ लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म १ लाख ४ हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । गतवर्ष लुम्बिनी प्रदेशमा यो अवधिमा करिब ४६ प्रतिशतधान रोपाई सकिएको थियो । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमकाअनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा८० प्रतिशत र सबै भन्दाकम बाँकेमा १३ प्रतिशत धान रोपाई भएको छ ।

नवलपरासीमाधान रोपाई हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमाधान रोपाई सकिएको छ भने बाँकेमा रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये ४ हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको द्रोसो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाई सकिएको छ । कपिलबस्तुमा धान खेती हुने कुल७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले ग्लोबल आवाजलाई जानकारी दिए ।

यता लुम्बिनी प्रदेशमा सबै भन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाई सम्पन्न हुँदा रोल्पामा ६०.२० प्रतिशत रोपाई सकिएको छ । रुकुम पूर्वमा धान रोपाई हुने १ हजार ४१९.४२ हेक्टर मध्ये ९ सय २२.६२ हेक्टर क्षेत्रफमा रोपाई सकिदाँ रोल्पामा ४ हजार ३४० हेक्टर मध्ये २ हजार ६१२.६८ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

यस्तै तराई जिल्लाका धान उत्पादनहुने मुख्य जिल्ला दाङमा ३१.५० प्रतिशत र बर्दियामा ३४.७८ प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामाकुलधान रोपाई हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफल मध्ये १२ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफल मध्ये १७हजार ४७६.६८ हेक्टरमा रोपाई सकिएको छ। अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशतधान रोपाई भएको छ । जिल्लामा धान खेती हुने कुल ८ हजार ५० हेक्टर मध्ये १ हजार ९३२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्नभईसकेको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिए ।

गुल्मीमा २७ प्रतिशत रोपाई हुँदा पाल्पामा भने ३५ प्रतिशत रोपाई सकिएको छ । गुल्मीमाकुलधान खेतिहुने ८ हजार ८३६ हेक्टर मध्ये २ हजार ३८५.७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ भने पाल्पमा७हजार ७०६ हेक्टर मध्ये २ हजार ६९७.१० हेक्टर क्षेत्रफलमा रोपाई सकिसकेको छ । यता प्यूठान ६० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको कुल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टर मध्ये ३ हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

सिँचाईको अभाव र आकाशको पानीमानिर्भर हुँदा गतवर्ष भन्दा केही कम धान रोपाइँ भएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले बताए । ‘सिचाईको क्षेत्र बढाउन सकिएको नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाइँमा पर्यो ।’–उनले भने। साथै असार भरिमा लुम्बिनी प्रदेशमा ८० देखि ९० प्रतिशत रोपाइँ सकिने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण