२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १०,
ग्लोबल आवाज

Advertisement

भैरहवा । नीजिस्तरबाट सञ्चालित मेला महोत्सवले आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । उनीहरुले सरकारले सञ्चालन गर्नुपर्ने महोत्सव नीजि क्षेत्रले सञ्चालन गरे पनि त्यसले सरकारको नीतिलाई सहयोग पु¥याइरहेको दाबी गरे।

उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा मंसिर ३ गतेदेखि सञ्चालित पाँचौ लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ को सचिवालयमा मंगलबार आयोजित कार्यक्रममा बोल्ने सहभागिहरुले प्रदेश सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन महोत्सवले सहयोग पु¥याइरहेको बताए । कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका संयोजक तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले भैरहवाको पहिचान र बजार प्रबद्र्धनमा महोत्सवको भुमिका महत्वपूर्ण रहने बताए । उनले ४ सय स्टलमा स्वयंसेवक, कर्मचारी गरी २ हजार बढीले महोत्सवमा रोजगारी पाएको बताए ।

गौतमबुद्ध सन्देश दैनिक तथा रेडियो रिपब्लिक ८८.२ मेगाहर्जको संचालन संस्था गौतमबुद्ध मिडिया प्रा.लि.ले आयोजना गरेको आर्थिक तथा पर्यटन क्षेत्रमा महोत्सवले पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागिहरुले मेलाले आर्थिक गतिविधिलाई चलायमान बनाउने बताए । गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिम बहादुर खत्रीले महोत्सवले आर्थिक तथा पर्यटन क्षेत्र दुवैलाई चलायमान बनाएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने