ताजा अपडेट »

लुम्बिनीको दाङबाट बजार गर्न गएका २ युवतीलाई भारतीय जँगलमा बाँधेर बलात्कार, अन्य ४ युवतीमाथि कुटपिट

सोमबार, १३ असार २०७९, ०७ : ४०
6 Shares

दाङ । नेपाली दुई युवती भारतको जंगलमा बलात्कृत भएका छन् । आइतवार विहान एघार बजे भारतको बलरामपुर जिल्लाको मनीपुर बजार क्षेत्रमा रासन किन्न भनि हिडेका राजपुर गाउँपालिका वडा नम्बर ६ निवासी सिता घर्ती (नाम परिवर्तन) र सिमा नेपालीलाई केही भारतीय युवाहरुको समुहले बलात्कार गरेको सीमा प्रहरी चौकी खांग्रानाकाले जनाएको छ । प्रत्येक आइतबारको दिन भारतको मनिपुरमा हाटबजार लाग्ने गर्छ ।

सोही दिने अविवाहित युवती पाँचजना र एकजना विवाहित गरेर छ जना महिलाहरु नेपालबाट मनिपुर बजारमा रासन किन्न भनि जाने क्रममा नेपाल-भारत सीमावर्ती क्षेत्रको दक्षिण तर्फको जंगलमा रुखमा डोरीले बाधेर भारतीय युवाहरुको समुहले बलात्कार गरेको कुरा बाहिरिएको छ ।

नेपाल-भारत सीमावर्ती क्षेत्रको दशगजादेखि करिब चार किलोमिटरको भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत भएको बुझिएको छ । उनिहरुसँग गएको अन्य चारजना महिलालाई कनचटमा पेस्तोल ताकेर तिमीहरु बोल्यौ भने गोली हानेर मार्दिन्छु भनेर धम्काउँदै कुटपिट गरेर गम्भिर घाइते बनाएको बुझिएको छ । ती युवकहरुले छजना महिलाहरुको सुनको सिक्री, नाकमा लगाउने फुली, केही भारतीय रुपैयाँ र छ वटा मोबाइल समेत लुटपाट गरेको खुल्न आएको छ ।

महिलाहरुको हात, गाला, ढाडमा गम्भिर घोट लागेर सुम्ला उठेको छ भने लौराले साप्रामा निलो डाम बस्ने गरि कुटपिट गरेर गम्भिर घाइते बनाइएको बुझिएको छ । अहिले सीमा प्रहरी चौकी खांग्रानाका इञ्चार्जको कमाण्डामा स्थानीय बलात्कृत दुई जना युवतीहरु र अन्य चारजना घाइते महिलाहरुलाई औषधिको लागि भारतीय अस्पतालमा लगिदैछ ।

थप विवरण भने आउन बाँकी रहेको छ । यस्तै हरैया थानाका अनुसार उक्त कार्यमा संलग्न पाँचजना मध्य चारजना पक्राउ गरिएको बुझिएको छ । उनिहरूमाथि थप अनुसन्धान भइरहेको हरैया थानाले जनाएको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी