ताजा अपडेट »

बाघी–३ को फाइट सिन गर्दा घाइते भए टाइगर श्रफ

मंगलबार, १० मंसिर २०७६, १५ : ०६
10 Shares

मंसिर १०,

काठमाडौं । बाघी–३ को फाइट सुटिङ्ग गर्दा बलिउड स्टार टाइगर श्रफ घाइते भएका छन् । उनले बाघी–३ चलचित्रको एक एक्सन सुटिङ सम्पन्न गरेका छन् । उक्त फाइट सिनमा उनी घाइते भएका हुन् ।

यतिबेला भने उनी ठिक भइसकेका छन् । टाइगरले इन्स्टामा एक फोटो पोस्टगर्दै आफू सुटिङका क्रममा घाइते भएको जानकारी दिएका हुन् । श्रफको नृत्य र एक्सनबाट करौडौं दर्शक प्रभावित छन् ।

टाइगरले अहिलेसम्म जति चलचित्रमा काम गरेका छन् । दर्शकले नृत्य र एक्सन दुवै हेर्न पाएका छन् । भारतीय संचारमाध्यमका अनुसार उनीसँगका समकालिन कलाकारले उनको जत्तिको राम्रो नृत्य र एक्सन सिन गर्न सक्दैनन् । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।