२४ जेष्ठ २०८०, बुधबार

Jun 7, 2023

मंसिर १०

Advertisement

काठमाडौँ । चीन र जापानबीचको उच्चस्तरीय परामर्श संयन्त्रलाई चीनका राष्ट्रपति सि चिनफिङ र जापानी प्रधानमन्त्री सिन्जो आबेले बधाई दिएका छन् । चीनको राजधानी बेइजिङमा सोमबार सो संयन्त्रको बैठक बसेको थियो । त्यसमा दुवै देशका कूटनीतिक अधिकारीहरुको सहभागिता रहेको छ ।

उक्त बैठकको पूर्व सन्ध्यामा चिनियाँ राष्ट्रपति सि चिनफिङ र जापानी प्रधानमन्त्री सिन्जो आबेले बधाई सन्देश पठाएका थिए । उक्त संयन्त्र दुई देशबीचका जनताको तहमा सम्पर्क विस्तार गर्न र आपसमा सांस्कृतिक विकास र आदानप्रदान गर्नका लागि सो संयन्त्र सहयोगी सिद्ध हुने बताइएको छ । त्यस पत्रका चिनियाँ राष्ट्रपति चिनफिङले चीन र जापानले विगत लामो समयदेखि आफ्नो गहिरो र मजवुद सम्बन्धको विकास गर्दै आएका उल्लेख गरेका छन् । उनले चीन जापानका नागरिकले कम्तीमा पनि दुई हजार वर्ष यतादेखि आफ्नो सांस्कृतिक र अन्य सम्बन्धको विकास गर्दै आएका उल्लेख गरेका छन् । साथै यस सम्बन्धका कारण यी दुई देश आपसमा सहयोगी रही आएको पनि सो पत्रमा उल्लेख गरेको बताइएको छ ।

उक्त संयन्त्र जापान र चीनबीचको सांस्कृतिक तथा जनसम्पर्कका कार्यहरुको आपसी आदान प्रदान हुने धारणा जापानी प्रधानमन्त्री आबेले राखेका छन् । दुई देशबीचको आपसी तथा पारस्पारिक सहयोग र सुमधुर सम्बन्धको विकासका क्षेत्रमा थप सहयोगी सिद्ध होस् भनेर गएको जुन महिनामा भएको आबे र चिनियाँ राष्ट्रपति सिको भेटका क्रममा सो प्रस्ताव गरेको बताए ।गत जुन महिनामा उनीहरुबीच जापानको ओसाकामा भएको भेटका क्रममा यस्तो खालको संयुक्त संयन्त्र निर्माण गर्ने र आपसी सहयोग र सद्भाव विकासका लाग काम गर्ने भन्दै यो संयन्त्रको निर्माण गर्ने प्रस्ताव जापानले गरेको थियो ।

सोही प्रस्तावबमोजिम स्थापित यस संयन्त्रको पहिलो बैठक सोमबार बेइजिङमा शुरु भएको छ । सो बैठकमा दुवै देशका उच्च कूटनीतिज्ञहरुको सहभागिता रहेको छ । यस उच्चस्तरीय संयुक्त संयन्त्रले यी दुवै देशका बीचमा समय समयमा देखापर्ने असमझदारीहरुलाई हटाउन पनि सहयोग पु¥याउने बताइएको छ । – सिन्ह्वा

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने