ताजा अपडेट »

दाङको तुलसीपुर कारागारमा बन्दी रहेकी अविवाहित युवतीले जन्माइन् छोरा

बुधबार, ०८ असार २०७९, २० : ५०
6 Shares

दाङ । दाङको तुलसीपुर कारागारमा रहेकी एक बन्दीले बच्चा जन्माएकी छन् । विहे नभएकी बाँके निवासी ३७ वर्षीया एक बन्दीले बच्चा जन्माएकी हुन् । कारागारका जेलर अमर वलीका अनुसार शनिबार राप्ती प्रादेशिक अस्पतालबाट उनले बच्चा जन्माएकी हुन् । उनको छोरा जन्मिएको छ ।

दाङको लालमटियामा रहेको ग्रामिण विकास बैंकमा क्यासिएर पदमा कार्यरत रहेको अवस्थामा बैंक हिनामिना गरेको भन्दै गएको जेठ २८ गतेदेखि उनी तुलसीपुर कारागारमा थिइन् । उच्च अदालत तुलसीपुरले बैंक रकम हिनामिना गरेको ठहर गर्दै ३० लाख धरौटी तोकेको थियो । तर, उनले ३० लाख तिर्न नसक्ने भएपछि कारागार कार्यालय तुलसीपुरमा थिइन ।

कस्को हो बच्चा ?
उनी बैंकमा लालमटिया काम गर्दा फेसबुकमा एक ब्यक्तीसँग चिनजान भयो । उनका अनुसार ति ब्यक्ती काँग्रेस डडेलधुराका पूर्व सभापति रघुविर भट्ट थिए । उनीसँग कुराकानी नियमित भइरह्यो । त्यसपछि भट्टले विहेको प्रस्ताब गरे । उनी त्यसैमा प्रभाबित भइन । त्यसपछि गएको भदौमा काठमाडौंमा उनीहरुको भेट भयो र त्यहाँ शारिरीक सम्बन्ध भएको ति बन्दी बताउछिन् । ‘हाम्रो फेसबुकमा नियमित फोन भइरहन्थ्यो’, उनले भनिन् ‘त्यसपछि गएको भदौतिर काठमाडौंमा भेट भयो र त्यहाँ सम्पर्क भएको थियो ।’

त्यहाँ सम्पर्क भएपछि उनको पेटमा बच्चा भयो । बच्चा भएको थाहा पाएपछि भट्टले निरन्तर त्यो बच्चालाई फाल्न भनिरहेका थिए । विहे गर्छु भनेर आफूलाई बाचा दिएकाले आफूले पेटको बच्चा नफालेको ति बन्दीले बताईन् । कारागारमा हुँदा पनि आफूले नियमित भट्टलाई फोन गरिरहेको बताउछिन् । तर, भट्टले सधै बच्चा फाल्न भनिरहेको उनी बताउँछिन् । पछिल्लो समय उनी सम्पर्कमा नआएको समेत ति बन्दीको भनाई छ । यस विषयमा बुझ्न खोज्दा भट्टको फोन सम्पर्क हुन सकेको छैन । ति पुरुष करिब ५० बर्ष जतिको रहेको समेत ति बन्दीले बताईन् ।

तुलसीपुर कारागारमा ३ जना बच्चा
यस अघि तुलसीपुर कारागारमा २ जना बच्चा सहितका कैदी थिए । आमा कैदी बन्दी रहेको र बच्चा साथमै रहेको अबस्थामा थिए । अब थप एक जना भएसँगै कारागारमा ३ जना बच्चा रहेको कारागारका जेलर वलीले बताए ।

अहिले ति बन्दीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ । बच्चाको अस्बस्था सामान्य रहेको छ । केही दिनपछि डिस्चार्ज गर्ने र डिस्चार्जपछि ति बन्दीलाई पुनः कारागारमा ल्याइने उनले बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी