२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ९,
ग्लोबल आवाज
भैरहवा । २६ वर्षिय युवा उद्योगी उत्कृष्ट करदाता बनेका छन् । सम्भवतः उनी सरकारलाई सर्वाधिक आयकर बुझाउने यस क्षेत्रका कान्छा उद्योगी हुन् । नवलपरासीका धिरज अग्रवाल जिल्लाबाट सबैभन्दा धेरै आयकर बुझाउने उद्योगीका रुपमा सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय भैरहवाले उनलाई हालै सुस्ता पश्चिमका उत्कृष्ट करदाता घोषणासँगै सम्मान गरेको छ । उनी आर्थिक वर्ष ०७४/७५ मा नवलपरासीबाट सबैभन्दा धेरै आयकर तिर्ने उद्योगी हुन् ।

Advertisement

आर्थिक वर्ष २०७४/०७५ मा आन्तरिक राजश्व कार्यालय भैरहवा अन्तर्गत पश्चिम नवलपरासीबाट सबैभन्दा बढी आय कर तिर्ने उनको उद्योग मारुती बिजनेश कन्सर्न प्रा.लि. लाई कदर पत्र सहित सम्मानित गरिएको हो । कन्सर्नका प्रबन्ध निर्देशक धिरज कुमार अग्रवाललाई प्रमुख कर अधिकृत देविप्रसाद भण्डारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले संयुक्त रुपमा कदर पत्र प्रदान गरेका हुन् । आठौं कर दिवसको अवसरमा भैरहवामा आयोजित एक कार्यक्रमका बिच मारुती विजनेश कन्सर्नलाई सम्मान गरिएको हो ।

परासी बुद्धचोकमा रहेको मारुती बिजनेश कन्शर्न प्रा.लि. २०७३ सालदेखि सञ्चालनमा छ । उनका पिता अनिल अग्रवाल सो क्षेत्रका स्थापित ब्यावसायि हुन् । पिता अनिल अग्रवाले सुरुवात गरेको उक्त कम्पनिको नेतृत्व र जिम्मेवारी भने धिरजले नै सम्हाल्दै आएका छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा रुपन्देही र नवलपरासीका सबैभन्दा बढि कर तिर्ने करदातालाई सम्मान गरिएको थियो । ‘स्वच्छ कर प्रशासन विकास र सुशासन’ भन्ने मूल नाराका साथ यहि मंसिर १ गते देखि शनिवारसम्म कर सप्ताह मनाइएको हो । कर सप्ताह समापनको अवसरमा आन्तरिक राजश्व कार्यालयहरुले विभिन्न कार्यक्रम गर्दे आएका थिए ।

को हुन् धिरज अग्रवाल ?

आर्थिक वर्ष ०७४/०७५ मा आन्तरिक राजस्व कार्यालय, भैरहवामा सबै भन्दा बढी आयकर बुझाएर चर्चामा आएका धिरज परासीका स्थायी बासिन्दा हुन् । उनी मारुती बिजनेशकन्सर्न प्रा.लि.का प्रबन्ध निर्देशक, डि.आर. मल्टि ट्रेड प्रा. लि.का अध्यक्ष, टेन स्टिल्स प्रा. लि. का प्रबन्ध निर्देशक र मारुती फूडपार्क प्रा. लि. का अध्यक्ष हुन् । सानैदेखि पढाइमा अब्बल उनको शैक्षिक यात्रा एसएलसी (हालको एसईई) उत्तिर्ण पछि रोकिएको थियो । सधैं कक्षामा उत्कृष्ट हुने उनी एसएलसीमा विशिष्ट श्रेणीमा उत्तिर्ण भएका थिए । डाक्टर बन्ने रहर र लक्ष्य भएका अग्रवाल हाल युवा अवस्थामै सफल उद्योगीको पंक्तिमा आएका छन् ।

हुने बिरुवाको चिल्लो पात भने जस्तै उनी सानैदेखि लगनशिल र मिहिनेती थिए । ७ वर्षको उमेरदेखि पिता अनिल अग्रवाललाई उनी व्यापारमा सघाउँथे । अन्तत सानैमा बाबालाई सघाउन गरेको सहयोग उनको भविष्यको कर्म बन्यो । किशोरावास्थामा भएको एउटा दुर्घटनाले उनको डाक्टर बन्ने रहरमा पूर्ण विराम लगायो । दुर्घटनाबाट स्पाइनल कर्ड इन्जुरीसँगै शारिरिक अशक्त बनेका अग्रवालले अहिलेको स्थितिमा आउन निकै संघर्ष गर्नु परेको थियो । दुर्घटनामा पछि पनि आत्मबल नगुमाई लामो उपचार पश्चात सामान्य अवस्थामा फर्किएका उनि दृढ इच्छा शक्ति र लगनशिलता भए जो कोहीले कुनै सफलता पाउने बताउँछन् ।

‘बिहानीले दिनको संकेत गर्छ ’ भने जस्तै उनी नयाँ पुस्ताका जोसिला उद्योगी हुन् । जसले २६ वर्षमा ४ वटा उद्योगको नेतृत्व लिँदैछन् । आफूले अहिल्यै केही नगरेको बताउँदै उनी भन्छन् ‘बुवा तथा भाईको साथ र सहयोगमा उद्योग क्षेत्रमा अघि बढेको छु । सुरुवातमै छु तर, आगामी दिनमा अझै धेरै र ठूला उद्योग सञ्चालन गर्नेमा विश्वस्त छु ।’ आरती एग्रो इण्डष्ट्रिजबाट उद्योगको नेतृत्व सम्हालेका अग्रवालले हाल करिब १२५ करोड बढी लगानीका ४ वटा उद्योग सञ्चालन गर्दैछन् । जहाँ दुई सय बढी रोजगार हुनेछन् ।

देशमा रोजगार र औधोगिक वातावरण नभएको भन्दै लाखौं युवा विदेशिएको प्रसङ्गमा उनले पुनः दोहोर्याए ‘दृढ इच्छाशक्ति, लगनशिलता र निरन्तरता भए रोजगार र देशमै व्यवासाय गर्न सकिन्छ । सरकारको भरोसा र आशामा मात्र बसेर गाली गर्दैमा हुने होइन ।’ आंशिक अपाङ्गता भएता पनि कैंयौ सबलहरु भन्दा सक्रियता र सक्षमताका साथ छोटो समयमा नै उनले औद्योगिक क्षेत्रमा गरेको प्रगति र सफलता लाखौं नेपाली युवाहरुको लागि प्रेरणाको स्रोत हो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने