२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ९,

Advertisement

सुमन केसी / ग्लोबल आवाज

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली राष्ट्रबादी नभई लम्पसारबादी भएको बताए । सोमबार नेपाली कांग्रेस दाङले निर्वाचन क्षेत्र नं. ३ (ख) को श्रीगाउँमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गदै उनले यस्तो बताए । उनले राष्ट्रबाद, राष्ट्रबाद भन्दै प्रधानमन्त्री ओलीले बोल्ने गरेको भएता पनि आज उनको राष्ट्रबाद कालापानीमा लम्पसारबाद भएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले ओली राष्ट्रबादी नभई नाटक गरेको उनले बताए । प्रधानमन्त्री ओलीले राष्ट्रबादको कुरा गरेर चुनाव जितेको भएता पनि आज कालापानीमा जोडिएर लम्पसारबाद भएको आरोप लगाए । त्यसैगरी कम्युनिष्ट सरकारले करको भार बोकाएर जनतालाई आर्जित बनाएको भन्दै उनले अब यो सरकारलाई सच्याउन कांग्रेसलाई जिताउन आवश्यक रहेको बताए । अहिलेको सरकारले विकास निमार्णका कार्यको उपभोक्ता समितिमा आफ्ना कार्यकर्ता भर्ने र प्रत्यक्ष सरकारी कोषमा लुट मच्याएको भन्दै देउवाले आक्रोस पनि पोखे ।

देशको स्वतन्त्र न्यायपालिका भित्र सत्ताको हस्तक्षेप भएको उनको भनाई छ । त्यसैगरी सभापति देउवाले पार्टीमा सवैलाई मिलाएर लगेको बताए । उनले महिला, आदीबासी, जनजाती लगायत सवै समुदायलाई नेपाली कांग्रेसले मात्र समावेशी ढंगले समेटेको बताए । त्यसैगरी उनले कांग्रेस जति विकास कम्युनिष्ट सरकारले नगरेको बताए । कम्युनिष्टले धेरै विकास गरेका छौँ, भनेर भ्रम फैलाएका छन् । उनले भन्ने । अहिले जति पनि विकास भएको छ, त्यो सबै नेपाली कांग्रेसको पालामा शुरु भएका हुन । त्यसैगरी सभापति देउवाले प्रदेश ५ को राजधानी तत्कालिन अवस्थामा आफु नेतृत्व सरकारले अस्थायी राजधानी बुटवल तोके पनि अहिलेको कम्युनिष्ट सरकारले दाङ राजधानी बनाउन नसकेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले देशको शान्ति सुरक्षालाई भगं पारेको संज्ञा दिए । उनले भन्ने, द्धण्दकालमा ठूलो लडाई लडेर नेपाली कांग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायो तर अहिलेको सरकारले यसलाई उल्टो गति तर्फ लैजान खोजिरहेको छ । साथै उनले मंसिर १४ मा हुन लागेको उप–चुनाव सरकार बदल्ने वा बनाउने नभएपनि आफैमा महत्वपूर्ण भएको बताए ।

त्यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले कम्युनिष्टको ज्याजदी रोक्न नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गरे । कम्युनिष्टले जनतालाई पैसा बाँडेर राजनीति गरिरहेका छन, उनले भन्ने, पैसा बाँडेर राजनिति गर्नु गलत हो, देशमा शान्ति र लोकतन्त्रलाई बचाउन कांग्रेसलाई मतदान गर्नुहोस् । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोईरालाले नेकपाको सरकार अत्यन्तै गैर जिम्मेवार ढंगले अगाडि बढेको हुँदा त्यो रोक्न नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मतदान गर्नुपर्ने बताए ।

त्यस्तै कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले जनताका सामु काम गरेर देखाउने पार्टी भनेको नेपाली कांग्रेस मात्र भएको दावी गरे । उनले अहिलेको सरकारले धर्म संस्कृति रक्षा गर्नुको साटो धर्म संस्कृति प्रनि आक्रमण गरेको समेत बताए । कार्यक्रममा कांग्रेस नेता कृष्णा सिटौला, केन्द्रिय सदस्य एवं पुर्वमन्त्री दिपक गिरी, केन्द्रिय सदस्य देबेन्द्रराज कंडेल, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य महिला नेतृ सिला खड्कालगायतले चुनावी सभामा सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने