१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

दाङ । तुलसीपुर उपमहानगरपालिकामा यसअघिका मेयर घनश्याम पाण्डेले जोडतोडले उठाएको नारा हो ‘स्मार्ट सीटी’ । उनले आफ्नो पाँच वर्षको कार्यकालमा प्रत्येक नीति, कार्यक्रम तथा बजेटमा स्मार्टसीटी उल्लेख गरे । हरेक भाषणमा स्मार्ट सीटी छुट्दैनथ्यो । तर, त्यो नारा अनुसार अपेक्षित काम हुन नसक्दा उनी आलोचित समेत बन्न पुगे । एमालेबाट निर्वाचित पाण्डेले ल्याएको उक्त नारा सोही पार्टी कै नेता टिकाराम खड्काले विजयीपछि छोडिदिएका छन् ।

Advertisement

मंगलबार सार्वजनिक भएको आर्थिक बर्ष २०७९/८० कोे नीति तथा कार्यक्रममा स्मार्ट सीटी भन्ने शब्द उल्लेख भएन । ‘हामीले स्मार्ट सीटी शब्द उल्लेख नगरेको हो’, मेयर खड्काले भने-‘तर, हामीले ल्याएका नीति तथा कार्यक्रम कार्यान्वयन भए आफै उपमहानगरपालिका स्मार्ट सीटी बन्छ ।’ उनले आफ्नो पहिलो नीति तथा कार्यक्रममा त्यो कुरा उल्लेख गरेनन् । ‘सफा, स्वच्छ, सुरक्षित हरित तुलसीपुर नगर, कृषि, वन, शिक्षा, सडक र पर्यटन समृद्धि तुलसीपुरको आधार’ नारा दिएर सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मेयर खड्काले उपमहानगरपालिकाको पहिचानसहितको गीत निर्माण गर्ने उल्लेख गरेका छन् ।

त्यस्तै प्राङगारिक मलको प्रयोगमा प्रोत्साहन गर्ने, प्रत्येक वडामा नमूना विद्यालय स्थापना गर्ने, अति विपन्न परिवारलाई मासिक पाँच हजार लिटरसम्म खानेपानी विलमा छुट दिने, तुलसीपुरमा बाल संरक्षण गृह, पूर्वाधार गुण्स्तर मापण प्रयोगशाला स्थापना गर्ने, वातावरणमैत्री सडक निर्माण गर्ने, बजारमा रहेका तारलाई भूमिगत तरिकाले ब्यबस्थापन गर्ने, सार्वजनिक शौचालय र खानेपानीको ब्यबस्थापन गर्ने नीति ल्याएका छन् ।

उपमहानगरपालिकाले मेट्रो बस सञ्चालन गर्ने, विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन व्यवस्थापन गर्न सहकार्य गर्ने, टरिगाउँ एयरपोर्टलाई पहाडी जिल्लामा पनि उडान भर्न तथा धावन मार्ग विस्तार गर्ने, तुलसीपुर चक्रपथ निर्माणको कामलाई गौरवका योजनाका रुपमा अगाडी बढाउने नीति कार्यक्रममा उल्लेख छ ।

घरहरु निर्माण गर्दा आकाशे पानी संकलन हुने गरि संरचना निर्माणलाई प्रोत्साहन गरिने, सार्वजनिक जग्गाको संरक्षण गरिने, आगामी आर्थिक वर्षदेखि भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने, गैरसुकुम्वासीले अतिक्रमण गरेको जग्गा फिर्ता लिने नीति ल्याइएको छ ।

त्यस्तै नाइट भिजन हेलिकप्टरका लागि हेलिप्याड निर्माण गरिने, फोहर ब्यबस्थापनका लागि ल्याण्डफिड साईडको व्यवस्थापन गरिने, वडाबाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाउने लगायतका योजनाहरु नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै