ताजा अपडेट »

कम्युनिष्ट सरकारले देशको रक्षा गर्न सकेन : कांग्रेस नेता पौडेल

सोमबार, ०९ मंसिर २०७६, १५ : ५५
12 Shares

मंसिर ९,

सुमन केसी / ग्लोबल आवाज

दाङ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले देशमा शान्ति सुरक्षा, सुशासन र देशको रक्षा गर्ने नसकेको आरोप लगाए । सोमबार रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले सीमा मिचेएको विषयमा सरकार गम्भीर नभएको समेत बताए ।

उनले भारतले निकालेको नक्साको बारेमा कुटनितीक रुपबाट समाधान गर्नु पर्ने ठाउँमा बाहिर–बाहिर बोलेर हिडेको बताए । जुन कुटनितीक रुपमा टेबुल गर्नु पर्ने हो, त्यो सरकारसँग क्षमता नभएको समेत बताए । त्यसैगरी नेता पौडेलले बर्तमान सरकारले एकपछि अर्काे गर्दै लोकतन्त्रको मुल्य मान्यतालाई उल्ट्यादै गएको समेत आरोप लगाए ।

त्यसैगरी कम्युनिष्टहरु वंश परम्परा र नातावादलाई महत्व दिएर अहिलेको चुनावमा जुटेको बताए । यो सरकारको कुनै विचार, सिद्धान्त, निष्ठा आधार छैन, उनले भने, केही पनि आर्दश नभएको दमाद हो, अहिलेको यो सत्तावादीहरुको दमाद । उनले अहिले कम्युनिष्ट सरकारको विरुद्धमा नेपाली कांग्रेस देशभरी चुनावी अभियानमा जुटेको पनि बताए । जनतालाई भएभरका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको बताए ।

उनले भने, यो सरकारले कुनैपनि राम्रो काम गर्न सकेन तर नेपाली कांग्रेसले सुरु गरेका विकास निमार्णका कामलाई उद्घाटन गर्दै त्यहि मञ्चबाट हामीलाई गाली गर्ने काम गरेको छ । यो सरकारले कुनै शिलन्यास नगरेको र कुनै ठूला योजना नेपालमा नल्याएको समेत गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।