ताजा अपडेट »

पठनपाठन नभएको भन्दै दाङ स्थित आयुर्वेद विद्यापीठमा तालाबन्दी

आइतबार, ०५ असार २०७९, १८ : ४८
22 Shares

दाङ । केन्द्रिय आयुर्वेद विद्यापीठ एवं शिक्षण अस्पताल बेलझुण्डी दाङको प्रशासन कक्षमा विद्यार्थीहरुले विभिन्न माग राख्दै तालबन्दी गरेका छन् ।  विद्यापीठमा अध्ययन गर्दै आएका  विए.एम.एस ८औँ ब्याचका विद्यार्थीहरुले विभिन्न माग राखेर गत जेठ ३० गतेदेखि प्रशासन कक्षमा तालाबन्दी  गरेका हुन् ।  २०७५/७६ मा भर्ना भएका ८औँ ब्याचका हाल द्धितिय प्रोफेशनलमा अध्ययनरत विद्यार्थीहरुले ५ बुँदे माग राख्दे प्रशासनको कार्यालयमा अनिश्चितकाली  तालाबन्दी गरेका छन् ।

उनीहरुले नियमित रुपमा सम्पूर्ण विषयको पठनपाठनको ब्यवस्था गर्न माग गरेका छन्, भने प्रयोगात्मक कक्षाहरु संचालन हुनुपर्ने, अस्पतालमा डिउटी समय तालिका छिटोभन्दा छिटो प्रशासन गर्न, एजुकेशनल भम्रणको लागि एक हप्ताभित्रमा सम्पूर्ण प्रकृयाहरु पु¥याई सूचना प्रकाशस गर्न र शिक्षण अस्पतालमा ओपीडि सेवा सिघ्र संचालन गर्न माग गर्दै उनीहरुले माग पूरा नभएसम्म अनिश्चितकालिन तालाबन्दी गरेको पनि बताएका छन् ।

विद्यापीठमा दाङका मात्र नभई देशभरका विद्यार्थीहरु डाक्टर बन्नको लागि पढ्न आउने गर्दछन् । तर, क्याम्पसमा भने जस्तो सेवाहरु नहुँदा आफूहरुले धेरै समस्या भोग्न गरेको बुटवलबाट आएका ७औँ ब्याचका विद्यार्थीको भनाइ छ ।  उनका अनुसार क्याम्पसमा शैक्षिक क्यालेन्डर अनुसार पढाई नै हुँदैन् । उनले भने, ‘शैक्षिक क्यालेन्डर अनुसार हाम्रो एक पूरुप १८ महिनामा सकिनु पर्ने हुन्छ । हामी पढ्न आएक ५ वर्षभन्दा बढि भयो । हामीलाई पढ्ने भनेको साढे ४ वर्षमात्र हो । अहिले हामीलाई समयको धेरै महत्व रहेको छ । तर, हाम्रो पढाइ समय अनुसार नहुँदा समस्या भएको छ ।’ उनले नाममा टिचिङ अस्पताल भएपनि ओपीडिलगायतका सेवाहरु नहुँदा आफू जस्तै बाहिरी जिल्लाबाट डाक्टर बन्ने उद्देश्य लिएर आएका विद्यार्थीहरुलाई समस्या भएको बताए ।

उनले अस्पतालमा ओपिडि सेवा नहुँदा कहिँले विजौरी आयुर्वेदिक अस्पताल र कहिँले तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा गएर अभ्यास गर्दा समस्या हुने गरेको पनि बताए । ‘हामी आएको ५ वर्ष भयो । अहिले ८औँ ब्याचमा अध्ययनरत विद्यार्थीले केही दिनदेखि तालाबन्दी गरेका छन, ‘उनले भने, ‘यी समस्या मागहरु हामी आएपछि पनि प्रशासनलगायत निकायमा लगेर गएका थियौँ । तर, अहिलेसम्म कुनै सुनुवाइ भएको छैन् ।

यस्तै क्याम्पसमा शिक्षकहरुको अभावका कारण आफूहरुले  समस्या भोग्दै चितवनबाट पढ्न आएकी  ७औँ ब्याचकी  एक विद्यार्थीले बताइन् । उनले शिक्षकहरु कम हुँदा एउटै शिक्षकले सबै ठाउँमा नभ्याउने भएकाले क्याम्पसमा यस्तो समस्या हुँदै आएकोपनि बताए । उनले भनिन्, ‘परिक्षा तथा भाइवा भयो, भने अरु कक्षा संचालन हुँदैन् । शिक्षकहरु थोरै हुँदा उहाँहरु उता जानुहुन्छ । अनि पढाइ नियमित  हुँदैन । जसले गर्दा हामीले समस्या भोग्नु परेको छ ।’

त्यस्तै उनले अस्पतालमा ओपीडि सेवा नहुँदा पनि आफूहरुलाई समस्या हुने गरेको बताइन् । आफूहरु अस्पतालमा ओपीडि नहुँदा विजौरीको राप्ती आयुर्वेदिक चिकित्सालय र राप्ती प्रादेशिकमा अभ्यास गर्ने जाने गरेको पनि उनको भनाइ थियो । आफूहरुले यस्ता समस्याको बारेमा पटक–पटक क्याम्पस प्रशासनलाई जानकारी गराउँदा पनि अहिलेसम्म सुनुवाइ नभएको उनको गुनासो थियो ।

त्यस्तै अर्का विद्यार्थीले पनि समस्या उस्तै गुनासो पोख्छन् । उनले क्याम्पसले समय मै अस्पातलमा डिउडी नगराउने, समय  मै  एजुकेशनल भम्रण पनि बनाउने लगायतका समस्याका कारण आफूहरुको पढाइ प्रभावित भएको गुनासो गरे । उनले भने, ‘हामीहरु डाक्टर बन्नेको लागि जुन गुणस्तरको शिक्षा लिन आएको थियौँ । त्यो अनुसारको पाएका छैनौँ । यो विए.एम.एसको पढाइमा अझै गुणस्तरता बढाउन जरुरी रहेको छ ।’
क्याम्पस भन्छ, सबै माथिबाट हुन्छ, हाम्रो केहि लाग्दैन
तालबन्दी गर्दा प्रशासनको काममा समस्या भएको छ । तर, लामो समयसम्म तालाबन्दी हुँदा पनि क्याम्पस प्रशासनले भने विद्यार्थीहरुको केही मागहरु तत्काल पूरा हुनसक्ने भएपनि केही मागहरु माथिबाट नै हुने भनेर जवाफ दिने गर्दछ ।

निमित्त क्याम्पस प्रमुख डाक्टर लक्ष्मीश्वर मण्डलले क्याम्पसले आफ्नो अधिकारले कुनैपनि कुराहरु गर्न नसक्ने भएकाले आफूहरुले केन्द्रिय कार्यालयमा सबै कुराहरु पठाएको भएयता पनि त्यहाँबाट सुनुवाइ नहुँदा समस्या भइरहेको बताए । उनले क्याम्पसमा ५१  जना शिक्षकहरु  दरबन्दी रहेकोमा हाल ७ जना  रहेको भन्दै जसका कारण पनि पढाइमा समस्या हुने गरेको बताए ।

उनले भने, ‘अहिले शिक्षकको विज्ञापन आएको छ । तर, केन्द्रिय कार्यालयमा नै लामो समयदेखि तालाबन्दी भएको छ । जसले गर्दा पनि परिक्षाको अनिश्चित छ । अहिले क्याम्पसमा ७ जना शिक्षक छन् । ५२ जनाको दरबन्दीमा ७ जनाले कसरी पढाउन सकिन्छ । अहिले ४ वटा ब्याचमा विद्यार्थीहरु पढ्दै आएका छन् ।’ उनले एजुकेशनल भम्रणका लागि आफूहरु सबै विद्यार्थीहरुलाई  एक पटक लैजाने भनेर ढिलाई भएको पनि बताए । केही विद्यार्थीहरु फेल भएका छन् । उनीहरुको परिक्षा असार १५  गतेदेखि हुन लागेको छ । जसका कारणले गर्दा हामीले सबै विद्यार्थीहरुलाई एक पटकै लैजाने योजना गरेका छौँ । तर, विद्यार्थीहरुले अहिले नै लैजाने माग गरेको उनको भनाइ थियो । त्यस्तै प्रशासन कक्षमा तालाबन्दी गरेपछि आफूहरुले विद्यार्थीहरुसँग बार्ता गरेको र क्याम्पस प्रमुख आएपछि मात्र बार्ता गरेर अगाडि बढ्ने भनेपछि आफूहरु अहिले त्यसैको प्रतिक्षामा रहेको पनि उनले बताए ।

त्यस्तै अस्पतालमा ओपिडि सेवा संचालनका लागि प्राप्त जनशक्ति नहुँदा समस्या भइरहेको भन्दै उनले त्यसका लागि आफूहरुले पहल गर्दै आइरहेको पनि बताए । उनले भने, ‘अहिले भएका ५÷७ जना डाक्टरहरुबाट ओपिडि संचालन गरौँ भने पनि हामीसँग फार्मेसी, ल्याब छैन । बिरामीहरु जाचेरमा मात्र हुँदैन । उनीहरुलाई औषधि र ल्याव परीक्षणको लागि कहाँ पठाउने ? यसको लागि माथिबाट नै सोच्नु पर्ने हुन्छ । हामीलाई यहाँ केही गर्ने अधिकार हुँदैन् ।’

करिब डेढ महिनादेखि नेपाल संस्कृत विश्वविद्यालयमा पनि तालाबन्दी
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय कार्यालय तुलसीपुर १७ मा नेपाल विद्यार्थी संघ, नेपाल संस्कृत विश्वविद्यालय संघर्ष समितिले गत बैशाख १९ गतेदेखि लगाएको ताला अझै खुलेको छैन । विद्यापीठमा भएका विभिन्न समस्यालाई समाधानका लागि माग १४ बुँदे माग  राख्दै उपकुलपति समक्ष आग्रह गरे पनि माग पूरा नभएको भन्दै केन्द्रीय कार्यालयमा लगाएको तालाबन्दीले विश्वविद्यालयका सम्पूर्ण गतिविधि डेढ महिनादेखि बन्द भएका छन् ।

१४ बुँदे मागमा ११ बुँदेमा सहमति हुँदा पनि ताला खुलेन
विश्वविद्यालयले केहि माग पूरा हुन सक्ने बताए पनि विद्यार्थी संघर्ष समितिले राखेका सबै मागहरूलाई विश्वविद्यालय स्वयमले चाहेर पनि पूरा गर्न नसक्ने विश्वविद्यालयका रजिष्टार माधव अधिकारीले बताए ।  विद्यार्थी संघले राखेका मागहरूलाई सम्बोधन गर्नको लागि विश्वविद्यालयको तर्फबाट कुलसचिवको संयोजकमा ५ सदस्यी बार्ता कमिटी निर्माण गरेर काठमाडौँमा सबै विद्यार्थी संगठनसंग पटक–पटक बार्ता गर्दै आएको पनि बताए । उनले केही दिन अगाडि पनि आफू काठमाडौँमा गएर बार्ता गरेको र नेपाल विद्यार्थी संघले उठाएका १४ बुँदे माग मध्य ११ वटामा सहमित  भएको पनि बताए ।
उनले भने, ‘हामीले तालाबन्दी गरेको नेपाल विद्यार्थी संघसंग ४÷५ पटक बार्तामा बसेका थियौँ । संघले प्रस्तुत गरेका १४ वटा बुद्धामध्य ११ वटा बुद्धामा हामीले सहमति गरेर तालाबन्दी खोलेर विश्वविद्यालय सुचारु गर्ने  र आगामी दिनमा थप छलफल गर्ने भनेर हामी दाङ आएका थियौँ । तर, दाङ आएको ४ दिन हुँदा पनि ताला खुलेको छैन् ।’  उनले आफूले विद्यार्थी संघले दाङमा पुग्दासम्म ताला खुलिसक्ने भनेर आश्वशन दिएको भएयता पनि अझै नखुलेको भन्दै ताला खुल्ने अपेक्षमा आफूहरु बसेको पनि बताए ।  

उनले विद्यार्थीहरुसँग अहिले  पनि बार्ता निरन्तर रुपमा चलिरहेको बताए ।  त्यस्तै १४ बुद्धा मध्य अझै ३ वटा बुद्धामा सहमति नजुटेको पनि उनको भनाइ थियो । उनका अनुसार विश्वविद्यालयभन्दा माथिल्लो निकायबाट ति ३ वटा मागहरू रहेका कारण सम्बोधन गर्न समस्या रहेको हो । उनले भने,‘ विद्यार्थीहरूको छात्रवृत्ति २०० प्रतिशतले वृद्धि गर्न माग गरेका छन् ।  त्यो विश्वविद्यालयबाट सम्बोधन गर्न सम्भव छैन् । अर्काे विश्वविद्यालका पदाधिकारीहरुले आर्थिक अनियमितताको छानविन गर्नका लागि पदाधिकारी स्वयको समितिले छानविन गर्ने समिति बनाउने भन्ने माग छ । तर, हामीले त्यस्तो अनियमिता छानविम माथिल्लो निकायबाट हुनुपर्छ,भन्ने हुदाँ सहमित भएको छैन् ।’

त्यस्तै उनले अर्काे मुख्य सहमति हुन नसेको बुद्धा आंशिक शिक्षकहरुलाई करार गर्ने भन्ने रहेको छ । त्यो विश्वविद्यालयको तर्र्फबाट सेवा आयोगलाई आंशिक शिक्षक रहेका विश्वविद्यालयलाई आवश्यक पर्ने शिक्षक कर्मचारी विषयमा अध्यन गरेर सेवा आयोगमा विज्ञापन गर्न पठाएको हुँदा आंशिक र करारमा शिक्षक नियुक्त गर्न नसकिने हुँदा सहमति नभएको पनि उनको भनाइ छ ।

उनले  ति मागहरू अत्यन्तै अस्वाभाविक रहेका छन्, जस्तो कि हाम्रो आंगिक क्याम्पस नभएर सम्बन्धन प्राप्त विद्यापीठमा पनि स्थायी दरवन्दी हामीले चाहेर पनि पूरा गर्न सक्दैनौं, सेवा आयोगको पुर्नगठन हाम्रो नभएर सरकारको दायित्व हो’, उपकुलपतिले भने । विश्वविद्यालय विगत ५ बर्षदेखि स्मुथली सञ्चालन भैरहेको अवस्थामा पछिल्लो समयमा भएको तालावन्दीका कारण फेरी एक महिनादेखि ठप्प रहेको पनि उनको बुझाइ थियो । तैपनि यो विषयमा आफुहरु गम्भीर रहेको उनले बताएका छन्  ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी