Sep 23, 2023
मंसिर ९,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाले कृषकहरुलाई अनुदानमा गँहुको बिउ वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिका भित्रका कृषकहरुलाई बिउ वितरण गरिएको हो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदान रहेको गँहुको उन्नत जातका बिउहरु एनएल ९७१, अदित्य, भृकुटि लगायतका जातहरु बितरण गरिएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । गाउँपालिकाबाट १० लाख बजेट बिनियोजन गरि र १० लाख कृषकहरुबाट लिएर २० लाख बराबरबको ७ सय ५० बोरा गँहुको बिउ बितरण गरिएको उनले बताए । अघिल्लो बर्ष पनि सोही परिमाणमा बिउ बितरण गरेको कार्यालयले आगामी बर्ष देखी बजेट बढाएर बढी बिउ बितरण गर्ने अध्यक्ष यादवले बताए ।
गाउँपालिकाको कार्यालयले गँहुको बिउ मात्र नभई बरसीन, च्याउ लगायतको बिउ पनि मौषम अनुसार बितरण गर्ने गरेको छ । कृषि शाखाले दिएको जानकारी अनुसार कृषकहरुलाई बिउ बिजन मात्र नभई समय समयमा आधुनिक कृषि, बेमौषमी तरकारी खेती लगायतका बारेमा तालीम समेत प्रदान गरिदै आएको छ ।
प्रतिकृया दिनुहोस्