गुल्मी। सत्यवती गाउँपालिका रुद्रवेणी धाम गुल्मीको वृद्धा आश्रममा स्वास्थ्य शिविर सञ्चालन भएको छ । उक्त शिविरको आयोजना बुटवलका सर्जिकल तथा औषधि व्यवसायी विजय खनालद्वारा आयोजना गरिएको हो । शनिबार आयोजित शिविरमा वरिष्ठ फिजिसियन डा.नन्दु पाठक, डा.सुरेश थापा सहितको टोलीले स्वास्थ्य परीक्षण तथा सेवा प्रदान गरेको थियो ।
वृद्धाश्रममा रहेका वृद्धहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि समेत वितरण भएको हो । आयोजकका अनुसार उक्त वृद्धाआश्रममा विगत १४ वर्षदेखि सोही स्थानमा निरन्तर स्वास्थ्य शिविर आयोजना हुँदै आएको छ । वृद्धाश्रममा रहेका वृद्ध-वृद्धाहरुका लागि यस्ता कार्यक्रमहरुले केही हदसम्म भएपनि स्वास्थ्य उपचारमा थप टेवा पुग्ने उद्देश्यले आयोजना गरिएको आयोजकले बताए ।
प्रतिक्रिया