२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर ९,

Advertisement

नेपालगञ्ज। प्रदेश ५ मा धेरै खेती हुने जिल्लामध्ये अग्रपङ्क्तिमा आउने बाँके र बर्दियाका किसान पछिल्लो समयमा आएर अत्याधुनिक प्रविधितर्फ बढी आकर्षित हुन थालेका छन् । किसान पछिल्ला दिनमा अत्याधुनिक प्रविधितर्फ आकर्षित हँुदै गएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनुभयो ।केही समय अगाडिसम्म किसानद्वारा गहुँमा थ्रेसरको प्रयोगलाई अत्याधिक रुचाइएको जनाउँदै उहाँले तर अहिले त्योभन्दा पनि अब्बल प्रविधिको धमाधम प्रयोग भइरहेको बताउनुभयो । धान र गहुँमा मात्र होइन, अन्य खेतीपातीमा पनि अत्याधुनिक प्रविधिको प्रयोग भइरहेको प्रमुख ढकालको भनाइ छ ।

बाँके र बर्दियाका धेरै किसानले यसपटक धान काट्ने, झाँट्ने काम पहिलेभन्दा फरक तरिकाले गरेका छन् । किसानले यसपटक दिनहुँ मान्छे लगाएर धान काटेनन् भने मान्छेले झाँट्नु पनि परेन । कम्बाइन हारवेस्टर मेसिनको प्रयोगले चार दिन लाग्ने सबै काम केहीबेरमै सिध्याइदिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।बाँके र बर्दिया जिल्लाका दर्जनौँ ठाउँमा कम्बाइन हारवेस्टर नामक अत्याधुनिक मेसिनबाट धान काट्ने र त्यसको व्यवस्थापन गर्ने काम धमाधम भइरहेको सो कार्यालयको भनाइ छ । बाँके नौबस्ताका किसान राजेन्द्र चौधरीले अहिले त अत्याधुनिक प्रविधिले सबै कामलाई निकै सहज र सरल बनाइदिएको बताउनुभयो । उहाँले कम्बाइन हारवेस्टरको प्रयोग गरेर आफूहरू दङ्ग परेको बताउनुभयो ।


सोही प्रकारले बाँकेको कम्दीका अधिकांश किसानले पनि कम्बाइन हारवेस्टरलगायत अन्य अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको किसान रामप्रसाद बर्माले बताउनुभयो । उहाँले प्रविधिको प्रयोगले खेतीमा निकै सहज भएको जनाउनुभयो ।सोही प्रकारले बर्दियाको गुलरिया नगरपालिका खैरापुरका अधिकांश कृषकले पनि यसपटक धान काट्ने, झाँट्ने काम फरक तरिकाले गरेको स्थानीय किसान दिलबहादुर थारूले बताउनुभयो । पहिला जस्तो दुःख छैन अहिले । मेसिनले नै सबै काम एकदम कम समयमा नै गर्दिन्छ, समय र पैसा दुवैको बचत भएको छ, किसान थारूले भन्नुभयो । बाँसगढी नगरपालिका बबई चेपाङका झुपलाल न्यौपानेले पनि बबई नदीको किनारमा आधुनिक प्रविधि अपनाएर १५ बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्नुभएको छ । १५ बिघामा थोपा सिँचाइ प्रविधि जडान गरेर गरिएको केरा खेती निकै फस्टाएको छ ।१० कट्ठ क्षेत्रफलबाट सुरु गरिएको व्यवसाय बढेर १५ बिघासम्म पुगेको छ । – सिराज खान /गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता