७ जेष्ठ २०७९, शनिबार

May 21, 2022


मंसिर ९,
ग्लोबल आवाज

Advertisement

बुटवल । आज बाला चतुर्दशी अर्थात् सत्बिज छर्ने दिन दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै देशभरका विभिन्न शक्तिपीठमा सत्बिज छरेर मृतक आफन्तजनमा श्रद्धाञ्जली अर्पण गरी मनाइँदै छ । रुपन्देहीका विभिन्न शिवालयहरुमा पनि सत्बिज छरेर पूजा–आजा गरी यो पर्व मनाइँदैछ । मार्ग कृष्णपक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको संकल्पसहित दीपदान र चतुर्दशीका दिन आज सत्बिज छरी मनाइन्छ ।

महादिप बाली पूजापाठ गरेर रातभर जाग्राम बसी धान, गहुँ, जौं, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधान्ययुक्त सत्बिज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख र समृद्धिको आशिर्वाद दिन्छन् भन्ने धार्मिक बिश्वास छ । नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको पर्व मान्ने गरिन्छ ।

बालाचतुर्दशी पर्वलाई सत्बिज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा सत्बिज छर्ने गरिन्छ । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । धार्मिक विश्वास अनुसार रुपन्देहीको सैनामैना स्थित पर्रोहा बोलबमधाम,बुटवल नयाँगाउँ स्थित मुक्तिधाम , सिद्धबाबा धाम लगाएतका शिवालयहरुमा बिहानैदेखि सत्बिज छरिँदैछ । चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका सय बीउ छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने किंवदन्ती रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो