ताजा अपडेट »

६ सय युवायुवतीमाथि क्याथोलिक पादरीको यौन दुर्व्यवहार

मंगलबार, ३१ जेठ २०७९, १४ : ०५
48 Shares
मंगलबार, ३१ जेठ २०७९
48 Shares


वर्लिन ।  जर्मनीको पश्चिमी सहर मुयन्स्टरको जर्मन डायोसिसमा ६ सय युवायुवतीमाथि क्याथोलिक पादरीले दुर्व्यवहार गरेको एउटा रिपोर्ट सार्वजनिक भएको छ । तर, पीडितको वास्तविक संख्या रिपोर्टमा सार्वजनिक गरिएभन्दा १० गुणा बढी भएको बताइएको छ । 

युनिभर्सिटी अफ म्युन्स्टरको रिपोर्टअनुसार उक्त डायोसिसमा ६१० जना दुर्व्यवहार पीडितको आधिकारिक रेकर्ड छ । यद्यपि, अध्ययनमा संलग्न इतिहासकार नताली पोवरोज्निकले पीडितको वास्तविक संख्या धेरै बढी हुनसक्ने बताइन् । उनका अनुसार करिब ५ हजारदेखि ६ हजार जना युवायुवती पीडित छन् ।

रिपोर्टअनुसार १९३ जना पादरीले कम्तीमा ५ हजार ७ सय यौन दुर्व्यवहारका घटना गराएका थिए ।  संलग्न पाँच प्रतिशत पादरीहरू शृंखलाबद्ध अपराधीहरू फेला परेका थिए । उनीहरूले  दश भन्दा बढी व्यक्तिहरूलाई पीडित बनाएका थिए । दश प्रतिशतभन्दा कमले कानुनी परिणामहरूको सामना गरेका थिए ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।