२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ८,
ग्लोबल आवाज

Advertisement

बुटवल । बुटवल–७ मा अवस्थित श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

साधारणसभामा असल कारोबारी, एसइईमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी, जेष्ठ सदस्यलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा असल कारोबारीतर्फ नुमकला पंगेनी, होमबहादुर बोहरा, जेष्ठनागरिकतर्फ दिब्बीकुमारी बसेल, चुडामणि खनाल, उत्कृष्ट विद्यार्थीतर्फ करिष्मा पोखरेल, अरुण क्षेत्री, अभिनभ न्यौपानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगर प्रमुख सुवेदीले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै यसमा नगरपालिकाले पनि सहकार्य गर्न सक्ने बताउनुभयो । त्यसअवसरमा समाजसेवी देवेन्द्र घिमिरे, जिल्ला सहकारी संघकी सचिव टिका न्यौपाने, कोषाध्यक्ष सन्दिप सापकोटा, वडाध्यक्ष कमलप्रताप थापा, मेचीकाली सहकारीका बालाराम भट्टराई, मिनप्रसाद न्यौपाने लगायतले बोलेका थिए ।

सहकारीकी सचिव कल्पना थापाको सञ्चालन, उपाध्यक्ष युवराज अमगाईंको स्वागतमा भएको साधारणसभाले कोषाध्यक्ष विष्णु केसीले आर्थिक तथा लेखा समिति संयोजक गुरुदत्त पौडेल लेखा प्रतिवेदन पारित गरेको छ । ४२२ जना महिलासहित कुल ७४३ जना सेयर सदस्य रहेको पुष्प सहकारीको हाल शेयरपूँजी १ करोड १६ लाख ९१ हजार रुपैंयाँ छ भने कर्जा लगानी ९ करोड ९ लाख ५८ हजार पुगेको छ । यस्तै बचत ८ करोड २८ लाख ८९ हजार रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत आर्थिक वर्षमा ७ लाख २१ हजार मुनाफा गर्न सफल भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने