२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ८,

Advertisement

बुटवल । नयाँ शक्ति विद्यार्थी युनियन र समाजबादी विद्यार्थी फोरमको प्रदेश ५ को समायोजन भएको छ । केन्द्रमा यस अघि नै भइसकेपनि प्रदेश ५ मा भने शनिबार समायोजन भएको हो । समायोजनबाट ओम प्रकाश यादबको नेतृत्वमा ३७ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा सन्तोष भुषाल र बसन्त यादब , मुख्य सचिबमा संगम पोखरेल, सचिबमा बसन्त आचार्य र संगिता गाहा तथा कोषाध्यक्षमा सोएब आन्सारी चयन भएका छन् ।

पूर्व फोरमले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिब सहित १६ सदस्य तथा पूर्व नयाँ शक्तिले वरिष्ठ उपाध्यक्ष, मुख्य सचिब र वरिष्ठ सचिब सहित १४ सदस्य लिने सहमति अनुसार समायोजन प्रक्रिया सम्पन्न भएको समाजबादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य प्रेम बहादुर आर्यालले बताए ।
प्रदेश समायोजन कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं प्रदेश ईन्चाज दान बहादुर चौधरीले समाजबादी पार्टीले हिमाल, पहाड र तराईलाई जोड्दै सबै जाति, समुदायबीच भावनात्मक एकताको पक्षमा रहकोले समाजबादी नै नेपालको बलियो वैक्लिपक शक्ति बन्ने दाबी गरे । त्यस्तै समाजबादी विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष रुपनारायण श्रेष्ठले अहिले बिश्व विद्यालयमा भएको चरम राजनितीक नियुक्ति गरिएकाले शैक्षिक गुणस्तर कमजोर भएकाले राजनितिक भागवण्डा अन्त्य गर्न माग गरे । राजनितिक नियुक्तकै कारण प्रतिभाशाली विद्यार्थीहरु डिप्रेशनको सिकार बन्नेको बताउँदै राजनीतिक भागवण्डा गरिने नियुक्ति अन्त्य नगरे समाजबादी विद्यार्थी युनियन जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिए । उनले प्राबिधिक शिक्षा बिना देशको बिकास असम्भब रहेको भन्दै मेडिकल शिक्षा लगायत शिक्षा क्षेत्रमा भएका विकृति विकृति र विसङ्गतीको अन्त्य गर्दै गुणस्तरीय शिक्षाको बिकासमा जोेड दिएका छन् ।

कार्यक्रममा प्रदेश सह ईन्चाज कमल खनाल, प्रदेश अध्यक्ष अशोक यादब, मुख्य सचिब यज्ञ पोखरेल, प्रदेश सांसद सहसराम यादब, समाजबादी बिद्यार्थीका ईन्चाज अशोक यादब, नेताहरु बिमल गिरी, नारायण खनाल, टंक प्रसाद धमला, सिता यादब लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने